बिगत,बर्तमान र भबिस्यका बुद्धहरुको परिचय

आठ बुद्धहरुको परिचय
एक परिचय :स्वयम्भू पुरानअनुसार शाक्यमुनी बुद्धभन्दा अगाडि बुद्ध हरु जस्तैः१.बिपश्बी बुद्ध २.शिखी बुद्ध ३.बिश्बम्भु बुद्ध ४.क्रकुछ्न्द बुद्ध ५.कनकमणी बुद्ध ६.काश्यप बुद्ध हरु पर्दछ्न ।
यी छ बुद्धहरुको भने शाक्यमुनी गौतम बुद्धको जस्तो इतिहासिक प्रमाणहरु पाइदैन ।
पाली भासाका धर्मग्रन्थ ,सन्कृतभासाका धर्मग्रन्थ र तिबितियन धर्मग्रन्थमा छोटकरीमा बर्णन गरिएको मात्र पाइन्छ ।ती बुद्धहरु कुन समयकालका थिए भन्ने बारेमा “कालचक्र सुत्रानुसार” एक कल्प भित्र चार युगहरु हुन्छन् ।जस्तैः सत्य युग,द्रापर युग,त्रेता युग, र कलि युग ।त्यैस्तै गरि बिगतका भद्रकल्पको युगहरुभित्र ती बुद्ध हरुको शासनकाल थिए भन्ने बुजिन्छ ।बर्तमानलाइ पनि भद्रकल्प भित्रको कलियुग भनेर मानिन्छ ।यहि भद्रकल्पको कलियुगभरिलाइ शाक्यमुनी बुद्धको शासनकाल हो भनी स्पष्ट हुन्छ ।यो भद्रकल्प र कलियुगको अन्त्य भए पछि मैत्रीय बुद्धको उदय हुने भबिस्यबाणी छ ।
यसरी बिगत,बर्तमान र भबिस्यमा आउने बुद्धहरु गरि जम्मा ८ बुद्धहरुका बारे छोटकरीमा परिचय निम्न छन्
१.बिपश्बी बुद्ध :एतिहासिक कालमा स्वयम्भू स्थित नागदहलाइ बिपश्बी बुद्दले चैत्र पुर्णिामाको दिन अवलोकन गर्नु भएपछी त्यहा एउता कमलको फुल उत्पती हुने भबिस्यबाणी गरि आफ्ना सारा शिष्य त्यही छाडि “बिपश्बि बुद्ध ” बन्धुमती नगरस्थित आफनै आश्रममा फर्किनु भयो ।भबिस्यबाणी अनुसार ६ महिनापछि त्यहा अलौकिक रुपमा एउता अति नै सुन्दर कमलको फुल फुल्यो,अनि त्यस ठाउलाइ स्वयम्भू अर्थात आफै उत्पति भएको हुनाले स्वयम्भू नाम राखिएको हो भन्ने भनाइ छ । त्यसपछी स्वयम्भुमा एक हजार बोधिसत्वहरुले तपस्या गरेका थिए भनी तिबितियन बौद्ध धर्म ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ ।बिपस्बी बुद्दले भबिस्यबाणी गरेको दिन हो भनी चैत्र पुर्णिामाको दिन प्रत्यक बर्ष मेला लाग्दछ ।उत्क मेलामा लाखौ तामाङहरुसहित बौद्ध धर्मालम्बिहरुको सहभागिता हुन्छ ।
२.शिखी बुद्ध : स्वयम्भुको उत्पतिबारे थाहा पाएर स्वयम्भुको दर्शन गर्न फुल्चोकी डाडामा बस्नु भैल धर्मकाय,धर्मधातुको ध्यान गर्दै अन्त्यमा महाशुन्य प्रभास्वर भै स्वयम्भूको ज्योतिमय रुपमा बिलिन हुनुभयो भनिन्छ ।
३.बिश्वम्भु बुद्ध :धेरै फुल फुल्ने ठाउ फुलोच्चगिरी अर्थात फुलचोकिमा आएर आश्रम बनाइ स्वयम्भुमा ध्यान गरि बिश्बम्भु बुद्धले एक लाख फुल चदाएका थिए भन्ने अभिलेखहरुमा उल्लेख गरेको पाइन्छ ।
४.क्रकुच्छ्न्द बुद्ध : स्वयम्भु ज्योतिको दर्शन गर्नका लागि बर्तमान पशुपति र गृहेश्वरी जङ्गलमा आइ ध्यान तपस्या गरे । अनि क्रकुच्छ्न्द बुद्धले आफ्ना ५ सय जना शिष्यहरुको केश मुन्डन गरि बुद्ध धर्ममा प्रवेश गराइएको एतिहासिक किम्बदन्ती पाइन्छ । ती ५ सय जना शिष्यहरुको मुन्डन गरेको केश राखेको स्थान नै शिद्दिपुरी डाडाको नामले प्रख्यात थियोे । तर ७ औं शन्कराचार्यको नेपाल आगमन पछि शिद्दिपुरिको बदलामा शिबपुरी नाम राखेको हो भनिन्छ ।त्याहा नजिकै एतिहासिक बागद्वार स्थलको पनि अबलोकन गर्न सकिन्छ ।त्यस समयमा त्यहा पिउने पानीको अभावले गर्दा क्रकुच्छन्द बुद्दले आफ्नो हातको औलाको सहयोगले पानीको मुहान निकालेका थिए भन्ने किम्बदन्ती पनि छ ।अनि ७ औ शन्कराचार्यको नेपाल आगमन पछि बुद्ध धर्म प्रति ठुलो षडयन्त्र सुरु गरिन्छ ,त्यस बुद्धका एतिहासिक ठाँउहरुमा हिन्दुधर्मका शिबलिङग स्थापना गरेको हो भनिन्छ ।
५.कनकमुनि बुद्ध :स्वयम्भुको दर्शन गरिसके पछि बर्तमान गुहेस्वरी बनमा जानुभै कनकमुनि बुद्धले लामो समयसम्म ध्यान तपस्या गरेका थिए भनिन्छ ।
६.काश्यपमुनी बुद्ध : बर्तमान गुहेस्वरी बनमा आइ स्वयम्भूको ध्यान तपस्या पछि “गौडदेश” बाट काठमाडौ उपत्यकामा आएका राजा “प्रचण्डदेवङ्गलाइ भिछु गुणाकारले चुडाकर्म सम्पन्न गरि शान्त श्री भिछु भनेर नामाकरन गरिदिनु भयो ।अनि यिनै शान्त श्री भिछुले स्वयम्भू ज्योतिरुप रक्षार्थ बर्तमान स्वयम्भू स्तुपको निर्माण गराउनु भएको हो भन्ने भनाइ छ ।
७.शाक्यमुनी बुद्ध ;आफ्नु जन्मभुमि हिमालयको पाठपितमा सुप्रतिस्थित श्री स्वयम्भू महाचैत्यको दर्शनका निमित्त स्वयम्भू बनको गोपुच्छाग्र पर्बतमा आउनु भयो ।त्यहाँ शाक्यमुनी गौतम बुद्धले आदिबुद्ध पन्चज्ञनकै हेतु शून्य निरन्जन चित्त चैतन्य-चैत्य स्वयम्भूको गुन वर्णन गरेर स्तुति गर्नु भएको इतिहास पाइन्छ ।
८.मैत्रीय बुद्ध :”हिमाली महायानी” र बज्रयानी” बौद्ध शास्त्रानुसार बर्तमान शाक्यमुनी गौतम बुद्धको ५ हजार बर्ष सम्मको शासन काल समाप्त भएपछी भबिस्यमा शृस्ती भै फेरि बुद्धको शासन सुरु हुने भबिस्यबाणी छ।
साभार पुस्तक : गौतम बुद्धको जिबनका घटनाक्रम र उहाँको बहुमुल्य मार्गदर्शन