कोकोम्हेन्दो साहित्य समाज पोखराको नियमित रचना वाचन कार्यक्रम सम्पन्न

दिपक वाइबा तामाङ
चैत्र २७ गते , पोखरा । कोकोम्हेन्दो साहित्य समाज पोखराको नियमित रचना वाचन कार्यक्रम आज विशेष ‘बाल साहित्य सिर्जना र वाचन’ कार्यक्रमको रुपमा सम्पन्न भएको छ । सो अवसरमा कोकोम्हेन्दो साहित्य समाजका संरक्षक श्री धन प्रसाद तामाङले बाल साहित्य सिर्जनाका बारेमा संयोजक दिपक तामाङले कोकोम्हेन्दो साहित्य समाजको उद्देश्य र भावी कार्यक्रमका बारे बोल्नुभएको थियो ।
तामाङ बौद्ध सेवा समितिको सभाहलमा सन्चालित कार्यक्रममा मिनमाया तामाङ ,जुनी डिमडुंग तामाङ , पवित्र तामाङ , मनसुभ तामाङ , अलिशा तामाङ , कमल तामाङ , धन प्रसाद तामाङ र दिपक तामाङले आ-आफ्नो रचना वाचन गरेका थिए ।
दिपक तामाङको अध्यक्षता र पवित्र तामाङले स्वागत मन्तव्य दिनुभएको सो कार्यक्रम मिनमाया तामाङले सन्चालनमा गर्नुभएको थियो ।संरक्षकद्वय धन प्रसाद तामाङ र कुम बहादुर तामाङ , नेताघे जिल्ला उपाध्यक्ष टेक बहादुर तामाङ , तामाङ बौद्ध सेवा समितिका अध्यक्ष केश बहादुर तामाङ लगायत समाजका विशिष्ट व्यक्तिहरुको विशेष उपस्थिति रहेको कार्यक्रममा तामाङ युवा विद्यार्थी बाबुनानीहरुको उल्लेख्य सहभागी भएका थिए ।