कोरियामा बुद्धकाे प्रतिमा स्थापना गर्ने अभियान शुरु

कोरियाको ख्यङगिदो राज्यको योङईन सहरको पर्यटकीय गुम्बा वाउछङछामा कार्यरत नेपालीहरुकाे सक्रियतामा बुद्धको प्रतिमा स्थापना गर्न लागिएको हो ।
कोरियाका लागि नेपाली राजदूत अर्जनुजंग बहादुर सिंहले प्रतिमा राख्ने भवनको औपचारिक रुपमा उद्घाटन गरे । अन्दाजी ७ सेमीको गौतम बुद्धको प्रतिमा गुम्बाका प्रमुख लामा हेगोगलाई राजदुत सिंहले हस्तान्तरण गरेका थिए ।
गुम्बालाई बुद्धको प्रतिमा हस्तान्तरण गर्नुअघि धार्मिक विधिअनुसार पुजाअर्चना गरिएको थियो ।
नेपाली सम्पर्क समिति कोरियाको संयोजन,नेपाल बौद्ध परिवारको सहकार्य र नेपाली राजदूतावास सोल,कोरियाको संरक्षत्वमा प्रतिमा स्थापना कार्य शुरु गरिएको हो ।
प्रतिमा शिलन्यास कार्यक्रममा दक्षिण कोरियामा कार्यरत नेपाली,विभिन्न संघसंस्थाहरु लगायतको उपस्थिति थियो ।
प्रतिमा स्थापनाले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने त्यहाँ स्थित नेपालीहरुले जनाएका छन् ।