तामाङ घेदुङ कुवेत द्वारा मेरुदण्ड पीडित बोमजनलाई आर्थिक सहयोग प्रदान

काजिमान थिङ तामाङ – सिन्धुली घ्याङ्लेक गाउँपालिका-१, टुडिभन्ज्याङ निवासी मेरुदण्ड पीडित सुरेन्द्र बोमजनको उपचारका लागी तामाङ घेदुङ कुवेतबाट प्राप्त रु. ९५ हजार ३ सय ३७ र नेपाल तामाङ घेदुङ केन्द्रीय बिपत ब्यवस्थापन कोषबाट रु. ४ हजार ६ सय ६३ गरि जम्मा रु. १ लाख रुपैयाँ उहाँको डेरा चुच्चेपाटीमा पुगेर हस्तान्तरण गरियो ।
केन्द्रीय अध्यक्ष मोहन गोले, वरिष्ठ उपाध्यक्ष बेलि लामा, सचिव रामकृष्ण ब्लोन, कुवेत घेदुङका सचिब नोर्साङ तामाङ, कोषाध्यक्ष दोर्जे घिसिङ र ललितपुर घेदुङका अध्यक्ष मानबहादुर तामाङको उपस्थितिमा रकम हस्तान्तरण गरेको हो ।
चैत्र २६ गते ।