हेडलाईन

‘हिटलर र यहुदी’ मा मानव चेतना         ६० लाख यहुदीको नरसंहार गरेका हिटलर र यहुदी बालिकाबीच मित्रताको त्यो कथा         तामाङ घेदुङको नवौं महाधिवेशन दोश्रोपटक स्थगित         नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल तामाङ नियुक्त         सागका दोहोरो स्वर्ण  उपाधि जित्न सुवास तामाङ सफल         दिल्लीस्थित इजरायलको दुतावास नजिकै बम विस्फोट         शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने         नेपाल र इजरायल बीच अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न         नेपाल–इजरायलबीच अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने         तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै         नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ        

सिरियाली सैनिक अखडामा इजरायलको आक्रमण

सिरिया ।  सिरियाली सेनाले सोमबार विहानै सेनाको टियास–४ (टि–४) हवाई अखडामा लेवनानी आकासतर्फबाट भएको हमलामा इजरायली एफ–१५ युद्धक विमानको प्रयोग भएको जनाएको छ ।
सेनाको होम्स नजिकै रहेको हवाइ अखडामा भएका आक्रमणबाट १४ जनाको ज्यान गएको र दर्जनौँ सर्वसाधारण घाइते भएका सिरियाली सैनिक स्रोतले उल्लेख गरेको छ ।


सिरियाली राज्य सञ्चालित टेलिभिजनका अनुसार बिहानै लेवनानी आकासबाट हवाई आक्रमण भएकामा केयौँ रकेटलाई गन्तव्यमा पुग्नुपूर्व आकासमा नै सेनाको क्षेप्यास्त्र प्रतिरोधी प्रणालीको सहयोगमा निस्क्रिय पारिएको थियो भने केही हवाई अखडासम्म नै पुगेका थिए ।

राजधानी दमास्कसनजिक रहेको पूर्वी गुटामा विद्रोहीहरूको नियन्त्रण रहेको डुमा नगरमा रासायनिक अस्त्र प्रयोग गरेर भएको भनिएको आक्रमणबारे अन्तर्राष्ट्रिय स्तरमा निन्दा व्यक्त भइरहेका बेला यो पछिल्लो घटना भएको हो । रसायनिक हमला भएको आरोप प्रत्यारोप चलिरहेका समय टियास हवाई अखडामा भएको आक्रमणलाई सिरियाले सुरुमा संयुक्त राज्य अमेरिकाले गराएको हुनसक्ने बताएको थियो ।

प्रहार गरिएका आठ वटामध्ये पाँचवटा क्षेप्यास्त्रहरू बीचमै खसालिएको र तीन वटा हवाई अखडाको पश्चिमपट्टि खस्न पुगेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

सन् २०१२ यता सिरियास्थित अखडाहरूमा दर्जनौँ पटक आक्रमण गरेको स्वीकारेको इजरेलले यस घटनाबारे केही प्रतिक्रिया दिएको छैन । इरानी समूहहरूले सिरियाली भूमिमा बसेर आफूविरोधी गतिविधि सञ्चालन गर्नसक्ने भन्दै सिरियालाई इरानी लडाकूबाट प्रभावित बन्न नदिने इजरायलले बताउँदै आएको छ |

एजेन्सि

२६ चैत्र २०७४






Related Posts

शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution