हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

श्रीमान् नभए पनि चुरा पोते लगाउँछु

गीता कुँवर/ अछाम, चैत २६ । साँफेबजारको प्रभागाउँ जाने साँघुरो बाटोमा सेतुदेवी कुँवरको सानो चिया पसल छ । पसलमा आएका ग्राहकसँग भलाकुसारीसँगै चिया र चाउचाउ पकाएर उनको दैनिकी बित्ने गर्छ । रातो चुरा, पोते, रातो लुगा लगाएको देख्दा उनको श्रीमान् छैनन् भन्दा धेरैलाई पत्याउन गाह्रो हुन्छ ।

सेतुको श्रीमान् बितेको करीब १३ वर्ष भयो । उनले श्रीमान् बितेको दुई÷तीन वर्षसम्म रातो चुरा पोते लगाइनन् तर त्यसपछि भने रातो कपडा, चुरा पोते लगाउन छोडिनन् । ‘मैले रातो लगाएको देखेर गाउँघरमा धेरैले कुरा काटे, पसलमा आउने ग्राहकले पनि श्रीमान् बितिसक्दा पनि रातो लगाउने भनेर उल्टो प्रश्न गर्थे,’ उनले भनिन्, ‘गाउँघरमा किन लगाएको भनेर सोध्नेहरु पनि आए तर मैले आफ्नो र छोराछोरीको खुशी हेरेँ ।’

रातो चुरा पोते लगाएको देखेर बारम्बार शंकाको दृष्टिले हेर्ने समाजले सेतुलाई दुःख पर्दा समस्या के छ, के सहयोग गर्नुपर्छ भनेर सोध्न कहिल्यै आएनन् ।

विधुवाले सिन्दूर, पोते, टीकालगायतका शृङ्गार गर्न र रातो पहिरन लगाउन नहुने सामाजिक मान्यता आज पनि छ । एकल महिलाको पुनर्विवाहको कुरा त झनै परको विषय हो ।

पुरुषले श्रीमतीको निधन भएकै दिनदेखि अर्को विहेको कुरा गर्दा कुनै अनौठो नलाग्ने त्यही समाज, एकल विधुवा महिलाको पुनर्विवाहबारे छलफल गर्नसमेत हिच्किचाउँछन् ।

सेतुलाई घरपरिवारबाट पनि सहयोग छैन । श्रीमान् बितिसकेपछि उनले आफ्नै घरमा बस्नका लागि निकै संघर्ष गर्नुप¥यो । तर अन्ततः घरबाट नै निकालियो ।

सेतु एउटा प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्ता श्रीमान् मरेर एकल बनेका थुप्रै महिलाले जीवन जिउन र आफ्ना सन्तानको पालनपोषणमा निकै संघर्ष गर्नुपरेको छ ।

चिया र चाउचाउ पकाएर सेतु आफूमात्र होइन, ग्राहकलाई पनि सन्तुष्ट बनाउँछिन् । उनको हातको चिया र चाउचाउ खान पसलमा मानिसको निकै भीड लाग्छ । एकपटक पसलमा खाएर जाने मान्छे बारम्बार उनले पकाएको चाउचाउ र चियाको प्रशंसा गर्न र खान पसलमा पुग्छन् ।

त्यो सानो पसलमा उनका छोराछोरीको भविष्य पनि जोडिएको छ । उनका एक छोरा र एक छोरी छन् । छोरी साँफेबगरमा रहेको किण्डर गार्डेन बोर्डिन स्कूलमा कक्षा ७ मा पढ्छिन् । छोरा गाउँको प्रभाधम्कोट उच्च माविमा कक्षा १० मा पढ्छन् । छोरीलाई राम्रोसँग पढाएर आत्मनिर्भर बनाउने सोच सेतुकोे छ ।

छोरीलाई पढाउनुहुन्न भन्ने सोचबाट अलि माथि उठेको हाम्रो समाज छोरीलाई पढाउनुपर्छ भन्दै सरकारी विद्यालयमा पढाउने अभिभावकका लागि पनि गतिलो उदाहरण हुन् सेतु । ‘छोरीलाई बलियो बनाउने भनेकै पढाइ हो, त्यसैले राम्रोसँग पढाएर आफ्नो खुट्टामा उभिएको हेर्ने मन छ,’ उनी भन्छिन्, ‘आफूले पाएको जस्तो दुःख छोरीले पाउन नपरोस् ।’

पसलबाट भएको केही आम्दानी र आफ्नो दिदीको सहयोगबाट उनले चार कोठाको पक्की घरसमेत बनाइसकेकी छन् । उनले भनिन्, ‘श्रीमानको कमाइमा बाँच्नु पर्दा हामीजस्ता महिलाले धेरै दुःख पाउनुपर्छ त्यसैले महिलाले आत्मनिर्भर हुन जरुरी पनि छ ।’

‘श्रीमान् बितिसकेपछि धेरै दुःख भयो खान र बस्नलाई केही थिएन, अहिले यही व्यापारबाट छोराछोरीलाई पढाएको छु, चार कोठाको पक्की घर पनि बनाएँ, अहिलेसम्म कसैसँग हात थापेर खानुपरेको छैन,’ उनले भनिन्, ‘व्यापारबाट दैनिक एक हजारदेखि एक हजार ५०० सम्म आम्दानी हुन्छ ।’

पसलको काममा छोराछोरीले पनि सघाउने गर्छन् । ‘महिलामा हिम्मत आँट अनि निडर हुनुपर्छ अनिमात्र यो समाजमा टिक्न सकिन्छ, दिनरात रक्सी खाएर श्रीमती कुट्ने श्रीमान् किन नहोस् त्यो महिलाको समाजमा मान सम्मान इज्जत हुन्छ,’ उनले भनिन्, ‘तर श्रीमान् नभएको महिलाले जतिसुकै राम्रो काम गरेर समाजमा बस्न खोजे पनि चरित्रमाथि औँला उठाउँछन् ।’

उनको व्यापार देखेर रिस गर्ने पनि धेरै छन् । उनीहरुको रिसले आफूलाई थप गरी खाने ऊर्जा मिलेको बताउँछिन् ।

एकातिर एकल महिलाप्रति समाजले हेर्ने दृष्टिकोणका विरुद्ध लड्नुपर्ने चुनौती छ भने अर्कोतर जीवनसाथी गुमाउँदाको पीडा र सन्तानप्रतिको जिम्मेवारी बहन गर्नुपर्ने बाध्यताले एकल महिलाको जीवन संघर्षपूर्ण छ ।

अछाम जिल्लामा एकल महिलाको संख्या कति छ भन्ने यकिन तथ्याङ्क भने छैन । विसं २०६८ को जनगणनाअनुसार नेपालमा एकल महिलाको संख्या करीब ६ लाख छ ।

एकल महिलालाई सम्पत्तिमा अधिकार, पुनर्विवाहको अधिकार, आकस्मिक कोषको स्थापना, राष्ट्रपति उत्थान कार्यक्रममा उद्यमशीलताको अवसरलगायत थुप्रै नीतिगत व्यवस्था लागू भएको छ । तर यस्ता नीति नियमले ग्रामीण भेगका एकल महिलालाई भने समेट्न सकेको छैन । (रासस)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution