रासायनिक हमलालगत्तै सिरियाको सैन्य एयरपोर्टमा मिसाइल हमला

सिरियाको सैन्य एयरपोर्टमा मिसाइल हमला भएको छ । सिरियाको सरकारी मिडियालाई उद्धृत गर्दै बीबीसीले सो कुरा जनाएको हो । खबरका अनुसार सैन्य अड्डामा एयर डिफेन्स सिस्टम सक्रिय थियो ।
सरकारी समाचार एजेन्सी सानाका अनुसार तेफुर एयरपोर्टको टर्मिनल फोरमा थुप्रै मिसाइल हमला गरिएको छ । यद्यपी, अहिलेसम्म यो रिपोर्टको स्वतन्त्र रुपमा पुष्टि भने भएको छैन । यसअघि आइतबार बिद्रोहीहरुको कब्जामा रहेको शहर डोमामा रासायनिक हमलाको खबर सार्वजनिक भएको थियो । एजेन्सी
२६ चैत्र २०७४