नेवार समुदाय कसरी विकास विरोधी ?

याम्बु -विकास कार्यमा अवरोध गर्नेलाई वहिष्कार गर्नु पर्छ भनेर रक्षा मन्त्री ईश्वर पोखरेलले टोखामा एक कार्यक्रम वोल्नु भएछ । गैर न्यायिक सडक विस्तारको विरुद्ध, पहिचान र ऐतिहासिक सम्पदा जोगाउने पक्षमा रहेका नेवार तर्फ ईगित गरेको वुझियो ।
१ : नेवार विकास विरोधी कहिले भयो ? नेवार विनास विरोधी भने पक्कै हो । तिम्रो विकास हुँदा हाम्रो विनास हुनै पर्ने किन ?? नेवार अष्तित्व नै संकट पारे पछि को चुप लाग्छ ??
२: कयौ विद्यार्थी तुहिन चढेर ज्यान जोखिम हालेर स्कूल गएको मन्त्री ज्यूको अन्धो आँखाले देखेको छैन होला । विकास त्यहाँ किन नचाहिएको ?? विकास प्रधान मन्त्री, मन्त्री, ठूलठूला मान्छै वस्ने काठमाडौंमा मात्र किन ? नैतिक अनैतिक तवरवाट थुपारेको पैसाले चिल्ला गाडि कुदाउन हो मन्त्री ज्यू ?
३: भाईकाजी तिवारी नै ठिक भन्न खोज्नु भएको भए नेवार आदिवासी होईन भनेर पनि भन्ने आँट गर्नुस । नेपालमा आदिवासी छैन भन्नुस । सम्मानित अदालतले Stay Order दिएको त थाहा होला नि ?? अव सम्मानित अदालत पनि विकास विरोधी हुने भयो हैन ??
४: नेवारलाई विकास सिकाउन अगाडि एक पल्ट ईतिहासको पाना पल्टाउनुस । तत्कालिन समयमा नेवार राज्य संसार कै संपन्न देश हुने गर्थ्यो । कृषि योग्य भूमी कृषि हुन्थ्यो, जहाँ कृषिको लागि अनुपयुक्त तर आवासको उपयुक्त चट्टान वा वलियो माटो भएको ठाउमा वस्ति हुन्थ्यो । सवै एक आपसमा सहयोगको आपत विपतको लागि गुठिहरु संचालन हुन्थ्यो । नेवार कतिको संम्पन्न र कतिको विकसित भनेर अहिले पनि कलाकृति युक्त ऐतिहासिक सम्पदा, जात्रा पर्व र संस्कृतिले प्रमाणित गर्छ ।
साभार – Pmds Shrestha को फेसबुकबाट