हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

पोर्चुगल पुगेका श्रीमानलाई पक्षघात, श्रीमतीको मिर्गाैला फेल

पोर्चुगल, चैत २५ – वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल पुगेका एक नेपाली दम्पती रोगले च्यापेपछि समस्यामा परेका छन् ।
आठ वर्षदेखि पोर्चुगल बस्दै आएका भक्तपुरको सूर्यविनायक नगरपालिका–९, सिपाडोलका ४८ वर्षका चन्द्रकिशोर पराजुली र उहाँकी श्रीमती ४६ वर्षकी शर्मिला शाक्य रोगले थलिएका हुन् ।

 

चन्द्रकिशोरको पक्षाघात भई देब्रे तर्फको पूरै हर नचल्ने भएपछि दुई महिनादेखि ओछ्यानमै थलिनु भएको छ । श्रीमती शर्मिलाको दुवै मिर्गाैला बिग्रेपछि दुई महिनादेखि ओछ्यान पर्नुभएको छ ।

गएको माघ २६ गते बिहान उठ्न खोज्दा देब्रे तर्फको शरीरको एक हर नचल्ने, मुखबाट र्‍याल मात्र बग्ने र बोल्न पनि नसक्ने भएपछि श्रीमतीले उपचारका लागि तत्काल अस्पताल पुर्‍याइएको थियो । उच्च रक्तचापका कारण पक्षघात भएका चन्द्रकिशोर १० दिनको उपचारपछि घर फर्किनुभएको छ ।

चिकित्सकको सल्लाह अनुसार चन्द्रकिशोरले दैनिक व्यायाम गर्नुपर्ने र नियमित औषधी सेवन गर्नुपर्ने भएको छ । उपचारपछि बोल्न सक्ने भएपनि उठ्न, बस्न र चल्न सक्ने स्थिती भने छैन ।

श्रीमानको औषधोपचार, रेखदेख र स्याहार गरिरहेकी शर्मिलाको श्रीमानलाई अस्पतालबाट ल्याएको केही दिनमै खुट्टा सुनियो । चन्द्रकिशोरले श्रीमतीको उपचारका लागि अस्पताल पु¥याए । सामान्य खुट्टा सुनिएकी शर्मिलाको उपचार गर्न अस्पताल लैजाँदा दुवै मिर्गौला बिग्रिएको चिकित्सकले बताए ।

शर्मिलाले भन्नुभयो ‘दुवै मिर्गाैला फेल भइसकेको कुरा सुन्दा बुढाबुढी नै रोइकराइ गर्‍यौं तर हाम्रो रोइकराइ सुनिदिने कसले ? दुवै जना थलिएपछि हाम्रा दिन रोएर नै बित्ने गरेका छन्’ गहभरी आँशु निकाल्दै शर्मिलाले आफ्नो पीडा सुनाउनुभयो, ‘हामी त बेसहारा भयौं, सहारा दिने कोही छैन । जीवन र मृत्युको दोसाँधमा छौं हजुर । परदेशको बसाइ, त्यसमाथि श्रीमान् श्रीमती दुवै जना ओछ्यानमा थलिनुपर्दा हाम्रो त बिजोक भएको छ ।’ कागजपत्र मिलाएर दुई वर्ष अगाडि मात्र पोर्चुगल आएकी शर्मिलाले छ महिनादेखि काम आउनुभएको थियो ।

अहिले शर्मिलाको दुवै मिर्गाैलाको डायलासिस भइरहेको छ भने चन्द्रकिशाोरको उपचार भइरहेको छ । चन्द्रकिशोर दम्पती ओछ्यानमै थला परे पनि पानीसम्म दिने मान्छे साथमा छैनन् ।
बिरामीको रेखदेख र स्याहार त कता हो कता, बिहान बेलुकीको खानाको जोहोसम्म गरिदिने कोही छैनन् । पराजुली दम्पती राजधानी लिस्बनस्थित आरोइसको एउटा घरको कोठा भाडामा लिएर बस्दै आएको छ ।

श्रीमान् श्रीमती दुवै थलिएपछि औषधोपचारका लागि सहयोग संकलन अभियान शुरु गरिएको चितवन समाज पोर्चुगलका अध्यक्ष तुलसीराम थपलियाले जानकारी दिनुभयो ।

चन्द्रकिशोर दम्पतीको जीवनरक्षाका लागि विश्वभर रहेका सबै नेपालीलाई आर्थिक सहयोगका लागि आह्वान गरिएको थपलियाले बताउनुभयो । उनीहरुको औषधोपचार र सहयोगका लागि आफूहरु संस्थागत रुपमा लागिपरेको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले बताउनुभयो ।

यहाँको सरकारीस्तरबाट पाउनसक्ने सेवा सुविधा र औषधि उपचारका लागि पनि पहल भइरहेको उहाँले बताउनुभयो । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution