फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

काठमाडौं– आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित भएका छन् । गुरुङ दोस्रोपटक निर्विरोध निर्वाचित भएका हुन् ।
नवनिर्वाचित गुरुङ नेतृत्वको नयाँ कार्यसमिति वरिष्ठ उपाध्यक्षमा गजुरधन राई, लक्की चौधरी खुला उपाध्यक्ष र महिला उपाध्यक्षमा देविका घर्तीमगर निर्वाचित भएका छन् । फोनिज छैटौं संघीय महाधिवेशनबाट मनोज घर्तीमगर महासचिव, मिलन लिम्बू संगठन सचिव, जगत दोङ संस्थागत सचिव र कमन देवान अल्पसंख्यक सचिवमा चयन भएका हुन् । अमरध्वज लामा कोषाध्यक्ष र सहकोषाध्यक्षमा अञ्जना शिल्पकार निर्वाचित भएका थिए ।
फोनिज छैटौं संघीय महाधिवेशनले प्रदेश इन्जार्चमा क्रमशः दिपीन राई १, नीरज पिठाकोठी २, समीर बलामी ३, हुमबहादुर गुरुङ ४, देवबहादुर पचभैया ५, अशोक राजी ६ र ७ नम्बर प्रदेशमा रामचन्द्र कुश्मी निर्विरोध निर्वाचित भएका थिए ।
यसैगरी, फोनिज संस्थागत केन्द्रीय सदस्यमा दीपेन्द्र राई, विष्णु तामाङ, फुर्किमा शेर्पा, चन्द्र पन्धाक, अनिता गुरुङ, सीताराम चौधरी, मनोज घर्ती र नृपेन्द्रलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
खुला केन्द्रीय सदस्यमा बुद्धवीर बाहिङ, केदार मगर, विश्वराज तामाङ, विजयबोध लावती, राजु चौधरी र महिला सदस्यमा सञ्चु ब्लोन तामाङ, उषा तामाङ, सरिता श्रेष्ठ र लक्ष्मी चौधरी चयन भएका छन् । पाँच खुला केन्द्रीय सदस्यका लागि १६ जनाले उम्मेदवारी दिएका थिए भने चार महिला सदस्यका लागि पाँचजनाले उम्मेदवारी दिएका थिए ।
यसैगरी, ख्याम भुजेल र मीनाकुमारी दरै अल्पसंख्यक सदस्य र लेखा समितिमा शाहीमान राई संयोजक, सुन्दर तरामू र राज्यकुमारी श्रेष्ठ ‘रुवि’ लेखा समिति सदस्यमा चयन भएका हुन् ।