संयुक्त प्रेस ब्रिफ्रिङपछि ओली–मोदीले किन हात मिलाएनन् ?

नयाँ दिल्ली–तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार संयुक्त प्रेस ब्रिफ्रिङमा देखिए ।
हैदराबाद हाउसबाटै प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास गरे ।
उनीहरुले वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को उद्घाटन पनि गरे ।
महत्वपूर्ण दुई परियोजनाको शिलान्यास र उद्घाटनपछि ओली र मोदी मिडिया ब्रिफ्रिङमा आएका थिए ।तर, प्रेस ब्रिफ्रिङपछि ओली र मोदीले हात चाहिँ मिलाएनन् ।२७ मिनेट लामो संयुक्त प्रेस ब्रिफ्रिङपछि एक अर्काले हात मिलाएनन् ।
त्यसपछि मोदीको सत्कारमा ओली अगाडि बढे ।लगत्तै प्रश्न उठ्यो, ‘के ओली–मोदी सम्बन्धमा अझै चिसोपन छ ?’मिडियाले ओली–मोदी सम्बन्धलाई लिएर चासो राखेका छन् ।कुटनीतिमा हात मिलाउनु र नलिमाउनुको ठूलो अर्थ राख्छ ।
एक पूर्वराजदूतले दुई देशका सरकार वा राष्ट्रप्रमुखवीच संयुक्त पत्रकार सम्मेलनपछि हात मिलाउने परम्परा रहेको बताए । उनले ओली र मोदीले संयुक्त प्रेस ब्रिफ्रिङपछि हात नमिलाएको दृष्य आफूलाई अनौठो लागेको बताए ।