दुईदिन मै जेलबाट घर फर्किए सलमान

चैत २४ – कृष्णसार (कालो हरिण) मारेको अभियोगमा जेल परेका बलिउड अभिनेता सलमान खान रिहा भएका छन् । उनी शनिबार ५० हजार धरौटीमा रिहा भएका हुन् । उनलाई शनिबार नै जोधपुरको सेसन्स अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
उनी जेलबाट छुटेर जोधपुर एरपोर्ट पुगेका छन् । उनी मुम्बई जानेछन् । उनको साथमा उनकी दुई बहिनी पनि रहेका छन् ।
कृष्णसारको शिकार गरेको विषयमा न्यायाधीशले बिहीबार २ सय १ पृष्ठको लिखित फैसला सुनाउँदै उनलाई ५ वर्षको जेल सजाए तोकेका थिए ।
उनको जमानी बस्ने दुई जनाले पनि २५र२५ हजार रुपैयाँ धरौटी तिर्ने भएका छन् । सलमान खान दुईदिन जोधपुर जेल बसेका थिए ।