ओली र मोदीबीच १२ बुँदे सम्झौता (पुर्णपाढसहित)

नयाँ दिल्ली, २४ चैत– नेपाल र भारतबीच १२ बुँदे संयुक्त वक्तव्य जारी भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच सनिवार हैदरावाद हाउसमा भएको छलफलपछि दुई देशको तर्फबाट संयुक्त वक्तव्य जारी भएको हो ।
१२ बुँदा रहेको वक्तव्यमा सम्मान र लाभको आधारमा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने उल्लखे गरिएको छ । त्यस्तै संयुक्त वक्तव्यको ९ नम्बर बुँदामा नेपाल भारत रेल र पानीमा कनेक्टिभिटि गर्ने सहमति भएको छ ।
के छ त संयुक्त वक्तव्यमा ?
संयुक्त प्रेस बिज्ञप्ति
१. सम्माननीय नेपालका प्रधानमन्त्री श्री केपी शर्मा ओली २०१८ अप्रिल ६ देखि ८ सम्म भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको निमंत्रनामा भारत भ्रमणमा रहनुभएको छ ।
२. २०१८ अप्रिल ७ मा दुवै देशका प्रधानमन्त्रीहरुले व्यापक रुपमा दुई देशका बिचमा रहेको बहुमुखी सम्बन्धको बिस्तार गर्ने बिषयमा समीक्षा गर्नुभयो । वहाँहरुले दुवै देशका सरकारी, निजि क्षेत्र र जनताको स्तरबीच बढ्दो साझेदारीको स्वागत गर्नुभयो । दुवै प्रधानमन्त्री समानता, आपसी भरोसा, सम्मान र लाभको आधारमा सम्बन्धलाई नयाँ उचाइमा उठाउन एकसाथ काम गर्नको लागि सहमत हुनुभएको छ ।
३. नेपाल-भारत सम्बन्ध बलियो साझा ऐतिहासिक, सांस्कृतिक आधारमा बनेको स्मरण गर्दै दुई प्रधानमन्त्रीहरुले द्विपक्षीय सम्बन्धको सिमानामा नियमित र उच्च स्तरको राजनीतिक आदान प्रदानको महत्व रहेको कुरामा सहमति जनाउनु भएको छ ।
४. नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले भारतसंग मित्रता सम्बन्धलाई अझ बलियो बनाउनको लागि जोड दिइने कुरा बताउनु भएको छ । वहांले आर्थिक प्रगति र विकासको लागि भारतको प्रगति र समृद्धिबाट लाभ उठाउनको लागि द्विपक्षीय सम्बन्ध विका गर्न नेपाल सरकारको इच्छा रहेको कुरा व्यक्त गर्नुभएको छ । भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारको प्राथमिकता अनुसार नेपाल संग आफ्नो साझेदारी मजबुद बनाउन आफ्नो सरकार प्रतिबद्द रहेको कुरा बताउनु भएको छ ।
५. ‘सबका साथ, सबका विकास’को नारा अनुसार भारत समावेशी विकास र सम्रिद्दीकोको साझा दृष्टिको लागि आफ्नो छिमेकीहरुसंग भारतको सम्बन्धको एक महत्वपूर्ण ढांचा हो भन्ने कुरा भारतीय प्रधानमन्त्री मोदीले बताउनु भएको छ । नेपालको प्रधानमन्त्री केपी ओलीले नेपालको ऐतिहासिक राजनीतिक परिवर्तन पछी सरकारले आर्थिक परिवर्तनको लागि ‘समृद्द नेपाल, सुखी नेपाली’ भन्ने नारालाई आफ्नो सरकारले प्राथमिकता दिएको कुरा बताउनु भयो । प्रधानमन्त्री मोदीले नेपाली जनता र नेपाल सरकारलाई यो सफलताको लागि बधाई दिनुभएको छ ।
६. दुबै प्रधानमन्त्रीहरूले नेपालका बिरगञ्जमा एकीकृत चेक पोष्टको उद्घाटन गर्नुभयो । यसको प्रारम्भिक परिचालनले पार सिमानाको व्यापार बढाउने र सामानहरूको पारगमन र साझा विकासको लागि अधिक अवसर ल्याउने मानिसहरूको आन्तरिक गति बढाउने कुरामा दुवै प्रधानमन्त्रीहरु सहमत हुनुभयो ।
७. दुवै प्रधानमन्त्रीहरूले मोतीहिरी-अमलेखगंज, मोतिहारीमा क्रस-बोर्डर पेट्रोलियम आपूर्ति पाइपलाइनको शिलान्यास गर्नुभयो ।
८. दुबै प्रधानमन्त्रीहरूले नेपालमा द्विपक्षीय परियोजनाहरूको कार्यान्वयनको आवश्यकतालाई जोड दिनुभयो र सहकार्यको एजेन्डाहरुलाई बढावा दिनको लागि अहिले अस्तित्वमा रहेका द्विपक्षीय संयन्त्रहरुलाई बलियो बनाउने कुरामा जोड दिनुभयो ।
९. पारस्परिक हितको निम्नलिखित प्रमुख क्षेत्रहरूमा तीनवटा अलग भनाईहरु जारी गरियो ।
• भारत-नेपाल: कृषिमा नयाँ साझेदारी
• रेल लिङ्कहरू विस्तार गर्दै: रक्सौललाई नेपालको काठमाडौँसम्म जोड्ने
• भारत र नेपाल बीच इनल्याण्ड वाटरवेजको माध्यमबाट नयाँ कनेक्टिविटीको सृजना गर्ने
१०. दुवै प्रधानमन्त्रीहरू यस सहमतिमा सहमत हुनुभएको छ कि यो भ्रमणले दुई देशबीचको बहुमुखी साझेदारीमा नयाँ गतिशीलतालाई समातेको छ ।
११. प्रधानमन्त्री ओलीले आफुलाई र आफ्नो प्रतिनिधि मण्डललाई गरिएको न्यानो अतिथ्यताको लागि लागि प्रधानमन्त्री मोदीलाई धन्यवाद दिनुभयो ।
१२. प्रधानमन्त्री ओलीले नेपालका भ्रमण गर्न प्रधानमन्त्री मोदीलाई निमन्त्रणा दिनुभयो । प्रधानमन्त्री मोदीले निमन्त्रणा स्वीकार गर्नुभयो र त्यसको मिति कुटनैतिक तहबाट निर्धारण गरिने कुरामा दुबै प्रधानमन्त्रीहरु सहमत हुनुभयो ।
२४ चैत्र २०७४