हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इजरायल र प्यालेस्टाइन सीमा गाजा क्षेत्रमा भएको प्रदर्शनमा ८ जनाको मृत्यु, सयौं घाइते

गाजा । प्यालेस्टाइनका आन्दोलनकारीहरुले शुक्रबार गरेको प्रदर्शनका क्रममा भएको झडपमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । इजरायली सुरक्षाकर्मीसँग शुक्रबार भएको सो झडपमा परी अरु एक हजार ७० जना घाइते भएका समाचारमा जनाइएको छ ।

प्यालेस्टाइन र इजरायलको सीमा क्षेत्रमा पर्ने गाजाका विगत केही दिनदेखि प्यालेस्टिनी आन्दोलनकारीले प्रदर्शन गर्दा इजरायली सुरक्षाकर्मीसँग झडप हुँदै आएको छ ।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अस्रफ अल क्बेड्राले शुक्रबार प्रदर्शनलगत्तै एक जना प्यालेस्टाइनी प्रदर्शनकारीको मृत्यु भएको र केही समयपछाडी थप सात जना गरी कुल आठ जनाको मृत्यु भएको बताएका छन् ।

प्रदर्शनकारीहरुले शुक्रबार पूर्वी गाजा क्षेत्रको सिमाना अवरोध गरेर प्रदर्शन गरेपछि झडप सुरु भएको थियो ।


प्रदर्शनलाई मत्थर पार्नका लागि इजरायली सुरक्षाकर्मीहरुले प्रदर्शनकारीविरुद्ध रबरको गोली, अश्रुग्याँस, विस्फोटक पदार्थ र अग्नीनियन्त्रकहरु प्रयोग गरेका थिए । प्रदर्शनकारीहरुले भने सुरक्षाकर्मीविरुद्ध ढुंगा प्रहार गरेका थिए ।

हजारौंको संख्यामा रहेको प्यालेस्टिनी प्रदर्शनकारीहरुले शुक्रबार विहानैदेखि प्रदर्शन सुरु गरेका थिए । उनीहरुले कालो धुँवासहित प्रदर्शन गरेका थिए ।

सिन्ह्वाका एक जना फोटो पत्रकारले गाजा क्षेत्रमा कालो धुँवाको मुस्लो आकाशभरी देखिएको बताएका छन् । गाजाको इजरायली क्षेत्रमा इजरायली सुरक्षाकर्मीहरु ठूलो मात्रामा तैनाथ गरिएका छन् ।
उनीहरुले लडाकू सवारी साधनहरु विस्फोटक पदार्थहरु, हातहतियार, अश्रुग्याँस, अग्नी नियन्त्रकहरु आदी लिएर बसेका छन् । गाजा क्षेत्रको मुख्य ठाँउमा प्रदर्शन गर्नु अगाडी शुक्रबार बिहान उत्तरी र दक्षिणी क्षेत्रबाट प्रदर्शनकारीहरु जम्मा भएका थिए ।
इजरायली प्यालेस्टाइनबीच जारी यस द्वन्द्वको कारण एक हप्ता अगाडी नै इजरायली सेनाले गरेको आक्रमणमा परी १९ प्यालेस्टिनीको मृत्यु भइसेकेको थियो । इजरायली सेनाको आक्रमणमा परी एकै दिनमा १९ प्यालेस्टिनीको मृत्यु सन् २०१४ यताकै एक रक्तपातपूर्ण दिनको रूपमा रहेको उनीहरूको दाबी रहेको छ ।

शुक्रबार भएको प्रदर्शन केही वर्षयता भएका प्रदर्शनहरूमध्ये कै ठूलो जनसहभागितामा भएको पनि बताइएको छ । रासस/सिन्ह्वा

 

२३ चैत्र २०७४






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution