हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

तामाङ र गुरुङ समुदायबीच अचम्मको मेलमिलाप

गोरखा : चेपे खोलावारि गोरखा–२ को अन्तिम गाउँ ओलाङ पर्छ। चेपेखोलापारि लम्जुङको अन्तिम गाउँ हो पात्ले। आमनेसामने रहेका यी दुई गाउँभन्दा माथि दूधपोखरी र त्योभन्दा माथि बुद्ध र हिमचुली हिमशृंखला छ। अजिरकोट गाउँपालिका–२ ओलाङ गाउँमा गुरुङ र तामाङको बस्ती छ भने पात्लेमा गुरुङ समुदाय मात्र छन्। ‘ओलाङमा ६० घरधुरी गुरुङ र ३५ घरधुरी तामाङ छन्’, वडाध्यक्ष भीमलाल तामाङले भने, ‘दुई समुदाय भए पनि यहाँ यस्तो मेलमिलाप छ कि तामाङ गुरुङजस्तो अनि गुरुङ तामाङजस्तो गरी बसेका छन।’


गुरुङ समुदायले तमू ल्होसार मनाउँछन् भने तामाङ सोनाम ल्होसार। मिलेर बसेका यहाँका गुरुङ र तामाङले आआफ्नो पर्व ल्होसार पनि मिलेरै मनाउने गरेका छन्। स्थानीय बासिन्दा इन्द्रसिङ गुरुङका अनुसार ओलाङको खोल्सावारि गुरुङ र खोल्सापारि तामाङ बस्ती छ।

दुवै जातिले एकअर्काको भाषा राम्रोसँग जानेका छन्। गुरुङ तामाङको घर जाँदा तामाङ भाषामा बोल्छन् भने तामाङ गुरुङको घरमा जाँदा गुरुङ भाषा नै बोल्छन्। ‘हामी तामाङ भाषा पनि राम्ररी बोल्न सक्छौं, उनीहरूले पनि हाम्रो भाषा सबै जानेका छन्’, स्थानीय खड्गबहादुर गुरुङले भने, ‘हामी उनीहरूको घरमा जाँदा उनीहरूकै भाषा बोल्छौं, उनीहरू हाम्रोमा आउँदा हाम्रै भाषामा बोल्छन्।’ रीतिथिति फरक–फरक भए पनि एकआपसमा मिलेर मनाउने गरेको उनले बताए।

दुई फरक समुदायको मेलमिलाप अचम्मलाग्दो रहेको गाउँपालिकाकी उपप्रमुख चन्द्र गुरुङ बताउँछिन्। ‘अरू गाउँबाट झैझगडाका उजुरी धेरै आउँछन् तर ओलाङबाट अहिलेसम्म एउटा पनि उजुरी आएको छैन’, न्यायिक समितिकी संयोजकसमेत रहेकी गुरुङ भन्छिन्, ‘जनजाति हुन्, जाँड रक्सी त खान्छन् तर त्यहाँ झैझगडा कहिल्यै हुँदैन।’ जिल्लास्थित शान्तिप्रिय गाउँ वलाङको उपाध्यक्ष गुरुङले सो गाउँको मुक्तकण्ठले प्रशंसा गरिन्।

बजारिया रहनसहनको प्रभाव नरहेको ओलाङ गाउँमा गुरुङ र तामाङ दुवैको संस्कृति यथावत् छ। घाँटु, मारुनीजस्ता नाच जीवितै रहेको स्थानीय एलिना गुरुङले बताइन्। साँझ रोधी बस्ने संस्कृति अझै रहेको उनको भनाइ छ। यहाँका बासिन्दाको मुख्य पेसा कृषि हो। उचाइमा रहेकाले धान खेती नभए पनि गहुँ, मकै, कोदो, आलुलगायत खेती गर्ने प्रचलन छ। यहाँका घरैपिच्छेजसो युवा वैदेशिक रोजगारीमा गएकाले मुख्य आर्थिक आधार रेमिट्यान्स भएको स्थानीय इन्द्रसिंङ गुरुङले जानकारी दिएको अन्नपूर्णा  पोस्टमा छ |

२४ चैत्र २०७४






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution