गेष्टहासउमा केटासँग रात बिताएकी युवतीको रहस्यमय मृत्यु, युवक फरार

काठमाडौं । काठमाडौं टोखा नगरपालिका–९ स्थित मिलन टोलमा रहेको भुमेश्वरी गेष्टहाउसमा नाम नखुलेकी एक युवतीको शव फेला परेको छ । बिहिबार राति उनी दाङ घोराही नगरपालिका–१ का २६ वर्षीय विकास वलीसँग होटलमा कोठा लिएर बसेकी थिइन् ।
घटनापछि वली फरार छन् । महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार मृत अवस्थामा भेटिएकी युवतीको शव मुख र खुट्टामा रुमालले बाँधेको अवस्थामा भेटिएको थियो ।
उनीहरु गेष्टहाउसको २०३ नम्बरको कोठा बुकिङ गरेर बसेका थिए । प्रहरीले फरार वलीको खोजी कार्य जारी राखेको जनाएको छ ।