मलेसियामा सोलुखुम्बुका कर्म शेर्पाको सुतेको अवस्थामै निधन

चैत २३ – मलेसियामा एक नेपालीको ज्यान गएको छ । सोलुखुम्बुको सेर्गा गाउँका कर्म शेर्पाको गएको बुधबार सुतेको अवस्थामै ज्यान गएको हो ।
मलेसियाको साहआलममा मेट्रो म्यनुफ्याक्चरिङमा काम गर्नुहुन्थ्यो । कर्म शेर्पा ७ वर्ष अघि मलेसिया आउनुभएको हो ।
पोस्टमार्टम पछि उहाँको शव अस्पतालमा राखिएको छ । तर रिपोर्टबारे कुनै पनि जानकारी नदिइएकाले मृत्युको कारण भने खुल्न सकेको छैन ।
सुनाखरी मगर/मलेसिया ।