प्रधानमन्त्री ओली दिल्ली उड्नुअघि गृहसचिवको सरुवा, प्रेम राई भए नयाँ गृहसचिव

प्रधानमन्त्री केपी शर्मा ओली नयाँ दिल्ली उड्नुअघि बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गृह सचिवको सरुवा गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव प्रेम राईलाई गृह मन्त्रालय ल्याइएकाे छ।
निजामती सेवाको लामो ‘करिअर’मा राई धेरै समय गृहमै बिताएका ‘ब्युरोक्र्याट्स’ हुन्। यसअघि महिला मन्त्रालयबाट राईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय लगिएको थियो। त्योभन्दा अगाडि उनी मन्त्रिपरिषद कार्यालयमै थिए।
हालका गृहसचिव मोहनकृष्ण सापकोटालाई मन्त्रिपरिषद कार्यालय सरुवा गरिएको छ।
गृहमन्त्री रामबहादुर थापा सचिव सापकोटासँग सन्तुष्ट हुन नसकेपछि गृहमा नयाँ सचिवको खोजी भएको थियो। सम्भावित गृहसचिवका लागि पर्यटन सचिव कृष्ण देवकोटा र राईको नाम प्रस्ताव भएकाे थियाे। मन्त्री थापाले राई रोजेकाे स्राेतले बताएको समाचार नेपालखबरमा छ |