प्रधानमन्त्री ओली जम्बो प्रतिनिधिमण्डलसहित दिल्ली प्रस्थान

चैत २३, काठमाडौं । भारतको तीन दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली दिल्ली प्रस्थान गरेका छन् । फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री बनेका ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा आफ्नो पहिलो विदेश भ्रमणको रुपमा भारत जान लागेका हुन् ।
नेपाल वायु सेवा निगमको नियमित उडानबाट जम्बो प्रतिनिधिमण्डलसहित शुक्रवार बिहान ९ बजे दिल्ली प्रस्थान गरेका हुन् । नेपाल र भारतबाट समेतगरी ५४ सदस्यीय प्रतिनिधिमण्डल रहेको प्रधानमन्त्रीको भ्रमणमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत उद्योगी व्यवसायीसमेत सहभागी छन् । असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन अजरबैजानको बाकुमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि दिल्ली भ्रमणका सहभागि हुन जादै छन् ।
भारतको राजकीय भ्रमणमा रहेका ओलीलाई त्यहाँको सरकारले उच्च महत्व दिएको छ । भ्रमणका क्रममा पूराना सम्झौता कार्यान्वयन हुने भनिएपनि केहि नयाँ सम्झौता पनि हुन सक्ने बताइएको छ ।
ओलीले शनिवार महत्वपूर्ण भेटघाट गर्ने र आइतवार स्वदेश फर्किने कार्यक्रम छ ।