हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

काठमाडौं-दिल्ली बसमार्फत अवैध धन्दा र तस्कर

काठमाडौं : नेपालको राजधानी काठमाडौंदेखि भारतको राजधानी दिल्ली जोड्ने सिधा बससेवाको दुरुपयोग भएको पाइएको छ। काठमाडौं-दिल्ली चल्ने बसहरूमा तस्करीदेखि भन्सार छलिमा प्रयोग भएको पाइएको छ।


२०७१ मंसिरमा सुरु भएको काठमाडौं-दिल्ली पर्यटक बसमा पटकपटक अवैध सामान भेटिएका छन्। प्रहरीले यो बसबाट दिल्लीबाट तस्करी गरेर ल्याइएको रक्तचन्दनदेखि भन्सार छलेर ल्याएको लाखौंको कपडा बरामद गरेको छ। यो क्रम रोकिएको भने छैन।

११ किलो रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको एकदिन पछि बिहीबार प्रहरीले दिल्लीबाट काठमाडौं आएको बसमा लाखौंको भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ।

नेपालगन्जको रुपौडीया हुँदै बिहीबार काठमाडौं आइपुगेको ना ६ ख ६३०२ नम्बरको हरियो नम्बर प्लेटको पर्यटक बसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उक्त बसबाट प्रहरीले भन्सार छलेर ल्याएको ठूलो परिमाणको लत्ताकपडा बरामद गरेको छ भने चालकलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा बसका चालक निजगढ नगरपालिका ३ बाराका रामबहादुर थोकर रहेका छन्। बसका मालिक मिलन नामले चिनिने रमेश खड्का भने फरार रहेको प्रहरीले जानकारी दिएको छ। बरामद गरेको कपडा सहित समानको मूल्य ३० लाख भन्दा बढि रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले बताए।

दिल्लीबाट काठमाडौं आइरहेको बसमा विभिन्न अवैध सामान रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले बिहीबार नागढुङ्गाबाट बसलाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिइएको बसलाई काठमाडौं प्रहरी परिसर टेकु पुर्‍याइएको थियो। बसका विभिन्न भाग खोलेर हेर्दा लुकाएर राखेको अवस्थामा ती सामान भेटिएका प्रवक्ता थापाले बताए।
बस र सामानबारे थप अनुसन्धान गर्न राजस्व कार्यलय पठाइने प्रहरीले जानकारी दिएको छ। यसअघि मंगलबारपनि काठमाडौं दिल्ली चल्ने ना ४ ख ४५१६ नम्बरको पर्यटक बसबाट भन्सार छलेर ल्याएको ३० लाख रुपैयाँ बराबरको लत्ताकपडा र ११ किलो रक्तचन्द बरामद गरिएको थियो।

बसको डिजाइन नै तस्करी मैत्री

काठमाडौं-दिल्ली चल्ने पर्यटक बसहरू ठूला र विशेष बनावटका छन् करीब ४० जनाभन्दा बढी सिट क्षमताका बसमा सामान राख्नलाई छुटै व्यवस्था भने हुँदैन। तर, प्रहरीलाई छक्याएर ल्याउन सजिलो हुने हुँदा तस्करीको सामान राख्न बसका विभिन्न भागका पाटपुर्जा खोलेर समान लुकाएर ल्याइने गरिएको छ।

एक त पर्यटक बस भनेपछि प्रहरीले चेकजाँच नगर्ने र चेक गरिहाले पनि बाहिरी रुपमा मात्रै गर्ने भएकाले यी बसहरू मार्फत तस्करी र भन्सार छली गर्न सजिलो भएको हो।

बस काठमाडौं पुगेपछि यात्रुलाई झारेर ग्यारेज लगिने र त्यहीँ सामान लुकाएका पाटपूर्जा खोल्ने तथ्य प्रहरीले सार्वजनिक गरेको छ। अवैध रुपमा भित्रिएका लत्ताकपडा भने असन तिर लगेर किनबेच हुने प्रहरीको अनुमान छ।

बसका मालिक नै तस्करीमा संलग्न भएको चालक थोकरले बताएका छन्। उनले बसका मालिक मिलनले दिल्लीमा सामान राखेको बताए। उनले नेपाल भारत सीमानाबाट पनि आफै प्रहरीसँग कुरा गरेर बस नेपाल प्रवेश गराएको बताए। उनले नागढुंगाबाट मिलन गायब भएको बताएका छन्। थोकरले बसलाई बालाजु पुर्‍याउन भनेको बताए। उनले आफू पोखरा-काठमाडौं रुटमा बस चलाउने गरेको र पहिलोपटक दिल्ली गएको बताए। उनले एकपटक दिल्ली रुटमा चलाएको १५ हजार दिने भनेको बताए।

उनले गाडीको डिजाइन नै तस्करीका लागि गरिएको बताएका छन्। बसभित्र सामान लुकाएर राख्न मिल्ने गरिएको बताएका छन्। आफूलाई बसमा के के सामान राखियो भन्ने थाहा नभएको ड्राइभरले बताएका छन्।

किन पक्राउ पर्दैनन् तस्कर र बसका मालिक?

काठमाडौं-दिल्ली चल्ने बस र अवैध सामान प्रहरीले नियन्त्रण गरेपनि मूख्य तस्कर र बसका मालिकलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन।

बिहीबार बरामद भएको भन्सार छलेर ल्याएको कपडा र सामानका मालिक र बस धनी फरार रहेको प्रहरीको जानकारी दिएको छ। उनीहरूलाई खोजिरहेको प्रहरीले जानकारी दिएको छ। तर, कहाँ छन् भन्ने केही खुलेको छैन।

यसअघि मंगबार बरामद भएको रक्तचन्दन र सामानको मालिक भने अझै पत्ता लागेको छैन। प्रहरीले अनुसन्धान गरिरहेको बताएको भएपनि त्यो रक्तचन्दनको मालिक को हो भन्ने प्रहरीले अझै पत्ता लगाउन सकेको छैन।

बसका मालिक नै तस्करीमा संलग्न हुने प्रहरीको भनाइ रहेको छ। उनीहरू तस्करीका सामान राखिएको बसमा नचढ्ने र चढिहाले पनि प्रहरीले चेकजाँच गर्ने ठाउँ आउनुपहिल्यै भग्न सफल हुने गरेको प्रहरीको भनाइ रहेको छ।थाहखबर बाट

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution