हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

ठगका राजा ‘नटवरलाल’ थाहा पाउनुहोस् के के बेचेका थिए

उनको नाम नै छ काफी । ठगको पर्यावाची नाम हो नटवरलाल । उनको नामलाई लिएर विभिन्न उखान समेत दिने गरिन्छ ।नब्बेको दशकमा एकपछि अर्को गर्दै ठगीको समाचारहरु बाहिर आउन थाले । यसको रहस्य बाहिर आएपछि नटवरलाल एकाएक चर्चीत बने ।


कानुनको नजरमा नटरवरलाल दोषी ठहरिए पनि उनी यसलाई समाज सेवा मान्थे ।आफ्नो पुर्ण जीवनमा उनले करोडौँ रुपैयाँ ठगे । उनले मानिसहरुलाई झुट बोलेर पैसा लिने गर्थे । उनी भन्थे,‘मेरो कुरा विश्वास गरेर उनीहरु मलाई पैसा दिन्थे । यसमा मेरो के दोष ।’

नटवरलाले दाबी गर्दै भनेका थिए,‘यदी सरकारले अनुमति दिएमा ठगीकै भरमा म देशको विदेशी ऋण तिरिदिनेछु ।’ठगीकै कारण उनी मोस्टवान्टेड सुचीमा रहेका उनले विभिन्न सरकारी अड्डा, कार्यालयलाई धेरैपटक बेचे ।

नटरवरलालको असली नाम मिथिलेस कुमार श्रीवास्तव थियो । उनी पेशाले एक वकिल थिए । मिडिया रिपोर्टका अनुसार उनको जन्म भारतको सिवान जिल्लामा भएको थियो । आज उक्त गाउँमा नटवरलाललाई दन्त कथामा मानिसहरु सम्झने गर्छन् । उनले भारतका कैयौ ऐतिहासिक धरोहरहरु बेचे । त्यो पनि धेरै पटक ।

नटरवरलालले तीनपटक ताजमहल, दुईपटक लाल किल्ला र एकपटक राष्ट्रपति भवन बेचे । यतिमात्र नभइ उनले एकपटक त भारतको संसद भवन पनि बेचिदिए । उनी भेष बदल्न माहिर थिए । उनले एक पटक राष्ट्रपति राजेन्द्र प्रसादको भर्जी हस्ताक्षर गरेर ठगी गरेका थिए । ‘

नटवरलाल’ उनको १२ नाममध्येको एक नाम हो । भनिन्छ नटवरलालले धिरुभाइ अम्बानी, रतन टाटा, बिर्ला लगायत धेरै सरकारी अधिकारीहरुलाई समेत ठगेका थिए । नटवरलाल पक्राउ पनि परे । उनलाई ११३ वर्षको जेल सजाय पनि भयो । उनविरुद्ध आठ राज्यमा १०० भन्दा बढी मुद्धा दर्ता भएका थिए ।

उनी आफ्नो जीवनकालमा ९ पटकसम्म पक्राउ परे ।तर, कुनै न कुनै उपाय लगाएर उनी प्रहरीको नियन्त्रणबाट उम्किन सफल रहे ।अन्तिम पटक जब उनी प्रहरी नियन्त्रणबाट भागे तब उनको उमेर ८४ वर्षको थियो ।

२४ जुलाई १९९६ मा उनलाई कानपुर जेलबाट एम्स अस्पताल उपचारका लागि ल्याइएको थियो । नयाँ दिल्ली स्थिति रेल्वे स्टेशनमा प्रहरीलाई झुक्काएर उनी भाग्न सफल भएका थिए । यो घटना पश्चात उनलाई कसैले पनि देखेन । नटवरलालले मरेको नाटक गरेर मानिसलाई ठग्ने काम गरे ।

सन् २००९ मा उनको वकिलले नटवरलालविरुद्ध लगाइएका आरोपहरु खारेज गर्न याचिका दायर गरेका थिए । २५ जुलाई २००९ मा नटवरलाल मरिसकेको उनले दाबी गरेका थिए । तर, नटवरलालको भाइका अनुसार उनको मृत्यु १३ वर्ष अगाडि १९९६ मा भइसकेको थियो ।

उनको जीवनबाट प्रेरित रहेर बलिउडमा मिस्टर नटवरलाल फिल्म पनि बनेको थियो जुन सफल पनि रह्यो । पछिल्लो समय इमरान हास्मीको राजा नटवरलाल फिल्म पनि बनेको थियो । नटवरलालबारे दुई खाले विचारहरु छन् । उनी एक दयावान व्यक्ति भएको र समाजको सेवा गर्थे भन्ने एकथरीको भनाइ छ भने अर्काथरी उनी अपराधी भएको बताउँछन् । एजेन्सी ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution