साउदी अरब इजरालप्रति नरम हुँदै : युवराज सलमानले गरे पुष्टि

साउदी अरबका शक्तिशालि युवराजले इजरायलीहरुलाई तिनको लागि आफ्नो अलग देशको अधिकार रहेको बताएका छन् । साथै उनले इजरायल र आफ्नो देशबीचमा औपचारिक सम्बन्ध कायम भए दुबै पक्षलाई फाइदा हुने बताए ।
हाल साउदी अरबका वास्तवीक शासक मानिने युवराज मोहम्मद विन सल्मानले सोमबार एटलान्टिकलाई दिएको अन्तवार्तामा यो कुरा भनेका हुन । यस अन्तवार्तामा उनी इजरायलप्रति नरम देखिएका थिए ।
साउदी अरबले हालसम्म इजरायलको अस्तित्व रहन नहुने भन्दै आएको थियो ।साउदी अरब र इजरायलको हाल पनि आधिाकारिक सम्बन्ध छैन ।
साउदी नेताहरुले विगतमा यहुदी राज्यले प्यालेस्टाइनीहरुलाई गरेको व्यवहार र जेरुसेलमा रहेको मुस्लिमहरुको पवित्र स्थलमा इजरायलले दिने गरेको सिमित पहुँचलाई आलोचना गर्दथे ।
तर ३२ वर्षे युवराजको उदयसँगै साउदी अरबको इजरायलप्रति अढान बदलिरहेको छ । शक्तिमा आएदेखि युवराज साउदी अरबको अर्थतन्त्र र यसको अन्तर्राष्ट्रिय स्थान सुधारमा लागिपरेका छन् ।
अन्तर्वार्तामा युवराजले इजरायललाई आफूले शत्रुको रुपमा नहेरेर एक आकर्षक क्षेत्रिय आर्थिक र प्रविधि केन्द्रको रुपमा हेरेको बताए । मोहम्मदले इजरायललाई इरानसँग चलिरहेको शीतयुद्धमा सम्भावित सहयात्रीको रुपमा लिएको मानिन्छ । यस तर्फको पहिलो यात्राको रुपमा इजरायलको अस्तीत्व स्वीकारेको देखिन्छ ।
“म हरेक व्यक्तिलाई आफ्नो राष्ट्रमा शान्तिपूर्वक बाँच्ने अधिकार छ भन्ने कुरामा विश्वास गर्छु,” अन्तर्वार्ताका क्रममा मोहम्मदले भने “प्यालेटाइनीहरु र इजरायलीहरु दुवैलाई आफ्नो भूमीको अधिकार रहेको म विश्वास गर्छु । तर हामीले यसको सुनिश्चिता गर्न शान्ति सम्झौता गर्नु पर्ने हुन्छ ।”
औपचारिक सम्बन्ध स्थापना दुवै राष्ट्र र छिमेकीहरुको लागि फाइदाजनक हुने उनले बताए ।
“आकारको तुलनामा इजरायल ठूलो अर्थतन्त्र हो । र यसमा अझै बिस्तार भइरहेको छ । र, निश्चित रुपमा इजरायसँग हाम्रा धेरै चाखहरु मिल्छन् । यदी शान्ति कायम भएमा इजरायल र गल्फ कोअपरेशन काउन्सिलका राष्ट्रहरु विशेष इजिप्ट र जोर्डनबीच धेरै सहकार्य हुनसक्छ,” उनले भने ।
युवराज मोहम्मदको ट्रम्प प्रशासनसँग घनिष्ट सम्बन्ध रहेको छ । विशेष गरेर ट्रम्पका ज्वाई जेर्ड कुश्नरसँग । ट्रम्पले कुश्नरलाई इजरायल–प्यालेष्टाइन द्वन्द्व समाधानको जिम्मा दिएका छन् ।
कुश्नरको शान्ति योजना अझै विस्तृत रुपमा सार्बजनिक भइसकेको छैन । तर युवराज मोहम्मदसँग समन्वय गरेर यसमा अरब विश्वको समर्थन प्राप्त गर्न खोजेको विश्वास गरिन्छ ।
इजरायल र साउदी अरबबीच सम्बन्ध न्यानो भएको सानो सकेंत केही समय अघि आएको थियो । अघिल्लो महिना साउदी अरबले इजरायल जाने व्यापारिक विमान आफ्नो आकाशबाट उड्न दिन अनुमती दिएको थियो । धेरैले यी दुई राज्यबीचमा गोप्य सम्बन्ध बढीरहेको विश्वास गर्छन जसलाई साउदी अरबले अस्वीकार गर्दै आइरहेको छ ।
तर साउदी अरबमा इजरायल र प्यालेष्टाइनलाई कसरी हेर्ने भन्ने मामलामा विभाजन देखिन्छ । यो विभाजन मंगलबार मिडियामा आएको साउदी राजा सलमानको ट्रम्पसँगको फोनवार्ता पनि देखिन्छ । फोनमा कुरा गर्दै सलमानले “जेरुसेलम राजधानी रहेर देश बन्न पाउने प्यालेष्टाइनी जनताको नैसर्गिक अधिकारबारे साउदी अरबको अढान अविचलित रहेको छ,” भनेका थिए । फोन वार्तामा सलमानले इजरायलको नामनै लिएनन् ।
उता अन्तर्वार्ताको क्रममा मोहम्मदले भने, “हाम्रो देशमा यहुदीप्रति कुनै दुरभाव छैन ।” यसलाई जोड दिन उनले मुस्लिम धर्मका प्रवर्तक मुहम्मदले यहुदी महिलासँग विवाह गरेको प्रशङ्ग जोडे । साथै आफ्नो राज्यमा कयैन यहुदीहरु अहिले पनि काम गरिरहेको उल्लेख गरे ।
तर यथार्थमा उनले बताएको जस्तो सुन्दर छैन । विगतमा राज्यबाट नै प्रायोजित रुपमा यहुदीहरु प्रति घृणा फैलायो । साउदीका विद्यालयका पाठ्यपुस्तकमा यहुदीहरु प्रति दुरभाव व्यक्त गरिएको छ । साउदी अरबमा यहुदी मात्र होइन मुस्लिमबाहेक कुनै पनि धर्मको धर्मिक स्थल बनाउने र तिनको चाडपर्व सार्वजनिक रुपमा मनाउन प्रतिबन्ध रहेको छ । एजेन्सी ।