इजरायलसँग किन थर्कमान हुन्छन् शक्तिशाली देशहरु ?

इजरायल एउटा यस्तो देश हो जसलाई कुनै पनि शक्तिशाली राष्ट्रहरु वा छिमेकी राष्ट्रहरुले चुनौती दिन धेरै पटक सोच्ने गर्छन् ।यो देशलाई नजर उठाएर हेर्न सक्ने ताकत कमै राष्ट्रमा रहेको छ । यो देशको जनसंख्या ९० लाखको हाराहारीमा रहेको छ । भौगोलिक हिसाबले सानो भएपनि यो देश निकै शक्तिशाली रहेको छ । डेढसय करोड जनसंख्या भएका मुस्लिम राष्ट्रहरु पनि इजरायलसँग डराउने गर्छन् ।
इजरायल एउटा यस्तो देश हो जसलाई चौतर्फ मुस्लिम राष्ट्रहरुले घेरेका छन् । तर, कुनै पनि मुस्लिम राष्ट्रले इजरायलसँग जोरी खोज्ने आँट गर्न सकेका छैनन् ।
उदाहरणका रुपमा आइएसआइएसले अधिंकाश मुस्लिम राष्ट्रहरुमा आतंक मच्चाउने काम गरेको छ । तर, इजरायलमा उनीहरुको प्रभाव सुन्य रहेको छ । हालसम्म इजरायतमा एउटा बम विस्फोट वा गोलवारीको घटना सुन्नमा आएको छैन भने इजरायलका एकजना नागरिकलाई छुने आँट सम्म आइसले गरेको छैन । तर, छिमेकी देशहरु सिरिया, इराक लगायत अन्य देशहरुमा आइसले आतंक मच्चाइरहेको छ ।
आइएसलाई डर छ कि इजरायललाई जिस्काउने काम गरे भने आइएसले मिसाइल आक्रमण गर्न कत्ति पनि बेर गर्नेछैन । उनीहरुको प्रभुत्व भएको क्षेत्रमा समेत उनीहरुले आक्रमण गर्न पछि पर्ने छैनन् ।
हिटलरबाट सताइएका यहुदीहरु इजरायल आएका थिए । उनीहरुले इजरायललाई हाल विश्वकै शक्तिशाली राष्ट्रको रुपमा स्थापित गरिसकेका छन् । सन् १९४८ मा अरबका मुस्लिमहरुले इजरायलमाथि आक्रमण गरेका थिए । त्यतिबेला इजरायल विकासको क्रममा रहेको थियो । ठुला संख्यामा सेना तथा हातहतियार नभएको इजरायलले अरबलाई हार चखाएको थियो ।
सन् १९४८ पश्चात अरब राष्ट्रहरुले इजरायलमाथि ६ पटक आक्रमण गरेका छन् । तर, हरेक पटक मुस्लिम देशहरुलाई हार चखाएको छ । एकपटक त ७ मुस्लिम राष्ट्रहरुले संगठनात्मक रुपमा इजरायलमाथि आक्रमण गरेका थिए । तर, इजरायल सातै देशलाई एकपटकमा घुलो चटाइदिएको थियो ।
इजरायलका दुश्मनहरु भन्छन्,‘इजरायल आफ्ना दुश्मनहरुलाई घरभित्रै पसेर आक्रमण गर्नेगर्छ ।’
यस्ता छन् इजरायल बारे रोचक तथ्यहरु
यदी इजरायलका कुनै पनि एक नागरिकलाई कुनै राज्य वा संगठनले मारेमा इजरायलले बदला लिने नीति रहेको छ । आफ्नो एकजना जनता मारेको बदलामा इजरायलले ५० जनाको हत्या गर्न पनि पछि पर्नेछैन ।
सन् १९७२ मा जर्मनीमा भएको ओलम्पिकमा फिलिस्टिइन मुस्लिम आतंवादीहरुले इजरायलका १२ जना खेलाडीको हत्या गरेका थिए । तब तत्कालिन प्रधानमन्त्री गोल्डा मेयरले न त यो घटनाको निन्दा गरिन् न त कुनै शान्ति भाषण नै दिइन् । उनले मृत परिवारका सदस्यहरुलाई फोन गरेर यसको बदला लिने बताइन् । त्यसपछि उनले आफ्नो देशको खुफिया एजेन्सी मोसादलाई आदेश दिदै उक्त घटनामा सलंग्न आतंककारीलाई मार्न भनिन् । नभन्दै उनीहरुले सबै आतंकवादीहरुलाई मारे ।
इजरायलमा यहुदीहरुको संख्या ठुलो रहेको छ । विश्वको कुने पनि राष्ट्रमा यहुदी छन् भने ति नागरिकलाई इजराजलको नागरिक मानिनेछ ।
सन् १९५२ मा अलबर्ट आइन्सटाइनलाई इजरायलको राष्ट्रपति बन्न आग्रह गरियो । उनी यहुदी भएकै कारण उनलाई अफर दिइएको थियो । तर, आफु राजनीतिका लागि नजन्मिएको भन्दै अफर अस्विकार गरेका थिए ।
इजरायलको राष्ट्र भाषा हिब्रु हो । भनिन्छ मध्यकालमा हिब्रु भाषा हराएको थियो । यसलाई सिक्ने कोही पनि चाहान्थेनन् । तर, युहदीहरुले यसलाई अपनाए र पुनः यो भाषालाई जिवित गराए । अन्तत उनीहरुले इजरायलको राष्ट्र भाषा नै हिब्रु बनाए ।
इजरायल विश्वको एकमात्र यस्तो राष्ट्र हो जहाँ हरेकलाई मिलिटेरी तालिम लिनु आवश्यक छ भने दुई वर्ष सेनामा रहेर देशको सेवा गर्नुपर्छ । महिलाहरुलाई पनि मिलिटेरी तालिम लिनु आवश्यक रहेको छ ।
इजरायल विश्वै चौथो ठुलो बायुसेना भएको देश हो । वायुसेना क्षमता भएकै कारण रुस तथा अमेरिका इजरायलसँग डराउने गर्छन् ।
इजरायल विश्वको एकमात्र यस्तो देश हो जहाँ एन्टी बेलिस्टिक मिसाइल डिफेन्स सिस्टम रहेको छ । यो देशमा अरब देशका विभिन्न आतंकवादी संगठनहरु आक्रमण गर्ने गरेको तर ति मिसाइल एन्टी बेलिस्टिक मिसाइल डिफेन्स सिस्टमका कारण नष्ट हुने गर्छन् । यसकारण पनि इजरायललाई ठाडो नजरले हेर्न सक्दैनन् मुस्लिम राष्ट्रहरु ।
यदी इजरायलको पर्यावरणको कुरा गर्ने हो भने इजरायल यस मामिलामा पनि धनी रहेको छ । एजेन्सी