हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

नायिका हुदै निर्माता यसरी भए – पूर्णिमा लामा तामाङ

काठमाडौं-२०७२ सालमै छायांकन भएको चलचित्र ‘हिरोज’ अब २३ चैतबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । यो चलचित्रमा सुरुमा पूर्णिमा अभिनेत्रीका रूपमा अनुबन्धित भएकी थिइन् तर यतिबेला चलचित्रको निर्माताका रूपमा उनी प्रस्तुत भएकी छन् ।

अभिनेत्री पूर्णिमा लामाले अभिनय गरेको पहिलो चलचित्र ‘हिरोज’ हो । प्रदर्शनको हिसाबले यो उनको दोस्रो चलचित्र हुने भएको छ । उनले अभिनय गरेको अर्को चलचित्र रेली माई गत वर्ष नै प्रदर्शनमा आएको छ ।

हिरोजलाई करिब ८० लाख रुपैयाँ तिरेर निर्माता बनेकी पूर्णिमाले यस विषयमा भनिन्,‘मलाई उहाँहरूले नायिकाको रूपमा खेलाएपछि चलचित्रलाई दर्शकमाझ ल्याउनु मेरो पनि कर्तव्य हो तर सिनेमालाई दर्शकसम्म ल्याउनका लागि मेरो नै ८० लाखभन्दा बढी लगानी यो चलचित्रमा परेको छ ।’


निर्माता बन्नुपर्ने कारणबारे उनले  सँग भनिन्, ‘हिरोजको छायांकन भएको केही दिनमै आर्थिक अभावले सिनेमाको काम रोकिएपछि आफ्नो चलचित्र पुरा गर्नुपर्छ भन्ने ठानेर ५÷१० लाख रुपैयाँ हालें तर यसको छायांकन सकेर आर्थिक अभावले नै ल्याबमा दुई वर्षसम्म चलचित्र रोकिएपछि सम्पूर्ण लगानी मैले नै गरेर हिरोजलाई दर्शकमाझ ल्याउन लागेकी हुँ ।’

द्वन्द्व निर्देशक एनबी महर्जनले निर्देेशन गरेको चलचित्र हिरोजलाई ३५ दिनमा छायांकन सक्ने भनिएको थियो । ‘चलचित्र ३५ दिनमा छायांकन सक्ने र ६० लाख रुपैयाँसम्म हलमै ल्याउने भनिएको थियो तर गुरुबा (एनबी महर्जन) ले सुटिङ नै दुई महिनाभन्दा बढी लगाइदिएपछि ६० लाख रुपैयाँ छायांकनमै सकियो,’ अभिनेत्री पूर्णिमाले अगाडि थपिन्, ‘निर्देशक एनबी महर्जनलाई साक्षी राखेर यसका अर्का निर्माता संजोग राणासँग मैले सम्पूर्ण निर्माण अधिकार किनेकी हुँ तर यतिबेला विभिन्न प्राविधिकले चलचित्र छायांकनको क्रममै गरेको कामको पारिश्रमिक नपाएको भन्दै पैसा माग्न आउन थालेपछि दुःख लागेको छ ।’

यसरी रोकिएर बसेको चलचित्रमा सम्पूर्ण लागत दिएर हलमा ल्याउन खोज्दै उल्टै केही प्राविधिकले अनावश्यक पैसा मागेको पनि अभिनेत्री पूर्णिमाले बताएकी छन् ।हिरोजमा पूर्णिमासँगै करिश्मा मानन्धर, जयकिशन बस्नेत, संजोग राणा, कमली वाइवा, मुकेश ढकाल, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डीसीलगायतको मुख्य भूमिका छ । शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको हिरोजलाई शिव ढकाल र रामशरण उप्रेतीले खिचेका हुन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution