हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

ज्योति मगरमाथि लाग्यो प्रतिबन्ध !

सुनसरी – वैशाखको पहिलो साता सुनसरीको इटहरीको  तालतलैयामा हुन लागेको महोत्सवमा गायिका तथा कलाकार ज्योति मगरलाई प्रतिबन्ध लगाइने भएको छ ।


ज्योतिको उत्तेजक प्रस्तुतिले महिला हिंसाको घटनालाई प्रोत्साहन गर्ने भएकाले उनको उत्तेजक प्रस्तुति रोक्नका लागि उनीमाथि प्रतिबन्ध लगाइने इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताउनुभयो ।

सुनसरी सदरमुकाम इनरुवामा आयोजित हिंसा न्यूनीकरण विषयक कार्यक्रममा बोल्दै उपप्रमुख गौतमले उच्छृङखल प्रस्तुतिले समाजमा विकृति निम्त्याउनुका साथै हिंसालाई प्रश्रय दिने भन्दै त्यस्तो कार्यका लागि इटहरी उपमहानगरपालिकाले कुनै पनि हालतमा इजाजत नदिने बताउनुभयो ।

गायिका ज्योति मगरप्रति खरो रुपमा प्रस्तुत हुनुभएकी उपप्रमुख गौतमले भन्नुभयो, ‘नाङ्गो नाच्ने कामले महिला हिंसाका घटना बढिरहेका छन् । कलाकारको नाममा समाजलाई उत्तेजित पार्ने छुट कसैलाई छैन ।’ गौतमले यस्ता प्रकारका महोत्सवलाई आउँदा दिनमा जिल्ला प्रशासन कार्यालयबाट समेत इजाजत नदिन प्रजिअ गोपालप्रसाद पराजुलीसमक्ष आग्रहसमेत गरेको समाचार  उज्यालोमा छ |

पछिल्ला समय बतात्कारका घटना बढेपछि नियन्त्रणका लागि कार्ययोजना बनाउन देशब्यापी सर्कुलर जारी भएकाले पनि ज्योति मगरको उत्तेजक प्रस्तुतिलाई रोकेको गौतमको भनाई थियो । ज्योतिले उत्तेजक प्रस्तुति नदिई पूरै शरीर ढाक्ने कपडा लगाएर कार्यक्रममा प्रस्तुत हुने भए चाहिँ नरोक्ने गौतमले बताउनुभयो ।

 

२०७४ चैत २०






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution