प्रदेश ३ को नाम नेवा – ताम्सालिङ राख्न मुख्यमन्त्री डोरमणी पौडेल समक्ष ज्ञापनपत्र

हेटौंडा। प्रदेश नम्ब ३ को नाम नेवा ताम्सालीङ हुनु पर्ने माग राख्दै मुख्यमन्त्री डोरमणी पौडेल समक्ष ज्ञापनपत्र बुझाइएको छ । आज नेपाल तामाङ घेदुङ र नेवा द्धय दबुले सयुक्त रुपमा मुखयमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएको हो । त्यसैगरी विद्यालयमा अनिवार्य रुपमा मातृभाषा शिक्षा निती लागु गर्न माग गरेका छन् ।
नेपाल तामाङ घेदुङ केन्द्रिय महासचिब बाबु घिसीङ र नेवा दया दबुको केन्द्रिय अध्यक्ष नरेश ताम्राकारको नेत्वमा पुगेको टोलीले मुख्यमन्त्री पौडेललाई ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएको हो । सयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमा प्रदेशको नामकरण गर्दा उक्त प्रदेश भित्र बाक्लो उपस्थिति रहेको जाति समुदायको पहिचानलाई समेटेर प्रदेशको नामाकरण गर्न माग गरिएको छ ।
ज्ञापनपत्रमा कुनै पनि अबस्थामा प्रदेश नम्बर ३ को नामाकरण गर्दा नेवा ताम्सालीुङ्ग हुनु पर्ने उल्लेख गरिएको छ । प्रदेश नम्बर ३ को राजधानी तोक्दा सबैलाई सेन्टर पर्ने काभ्रे बनेपा संगै आसपासका क्षेत्रलाई मिलाएर राजधानी तोक्नु पर्ने समेत माग गरिएको छ ।त्यसैगरी प्रदेशको कामकाजी भाषामा नेपाली भाषामात्रै नभएर थप अन्य नेवारी भाषा र तामाङ भाषालाई प्राथमिक्ता दिनु पर्ने माग गरिएको छ । त्यसैगरी बिद्यालयहरुमा तातृभाषा शिक्षा निती लागु गर्न समेत माग गरिएको छ ।
मुख्यमन्त्री पौडेलले बिज्ञप्ती बुझ्दै आफुले गर्न सक्ने र प्रकृयाबाट पास हुने कुराहरुमा कुनै पनि असहमति नरहने बताएका छन् । बिगत केही समय अघिदेखी पदेश नम्बर ३ को नामकरणको विषयमा बिभिन्न संघ संस्था र ब्यक्तीले आआफ्नै ढङ्गबाट नामको विषयमा धारणा राख्दै आईरहेका छन् । मुख्यमन्त्री पौडेललाई ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेपाल तामाङ घेदुङ र नेवा दया दबुको केन्द्र तथा मकवानपुर जिल्लाका नेताहरुको सहभागिता रहेको थियो ।
मुख्यमन्त्री पौडेलले बिज्ञप्ती बुझ्दै आफुले गर्न सक्ने र प्रकृयाबाट पास हुने कुराहरुमा कुनै पनि असहमति नरहने बताएका छन् । बिगत केही समय अघिदेखी पदेश नम्बर ३ को नामकरणको विषयमा बिभिन्न संघ संस्था र ब्यक्तीले आआफ्नै ढङ्गबाट नामको विषयमा धारणा राख्दै आईरहेका छन् ।
भोमोखबर
२० चैत्र २०७४