हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

तामाङ भाषाको देवनागरीमा एन्ड्रोइड किबोर्ड सफ्टवेयर सार्वजनिक

याम्बु -तामाङ भाषा लेखनको १७० वर्ष पुगेको छ । बल्ल यो भाषाको देवनागरी लेखनमा सफ्टवेयरको विकास भएको छ ।

‘नितान्त नयाँ काम भएको छ,’ भाषाविद् अमृत योञ्जन तामाङ भन्छन्, ‘तामाङ भाषाको विशेषताअनुसार निर्धारित मानकमा रहेर विश्वभरिका तामाङ लेखकलाई देवनागरी लिपिमा जोड्ने प्रयास सफल भएको छ ।’  शुक्रबार काठमाडौंमा ‘देवनागरी तामाङका निम्ति एन्ड्रोइड किबोर्ड सफ्टवेयर’ सार्वजनिक गरिएपछि नयाँ आधार मिलेको हो । तामाङ न्हाङखोर र तामाङ डाजाङ संस्थाले सफ्टवेयर सार्वजनिक गरेका हुन् ।

देवनागरी लिपिलाई तामाङ भाषामैत्री सफेयर विकासको काम युवा आईटीविज्ञ भिक्टर सापकोटाले गरेका हुन् । तामाङ टोपीसहितको एन्ड्रोइड किबोर्ड सफ्टवेयरले सम्बन्धित समुदायका प्रयोगकर्तालाई अपनत्वको भावना जगाउने ठानिएको छ । यो किबोर्डलाई ‘देवनागरी तामाङ’ नाम दिइएको छ ।

तामाङ भाषा लेखन परम्परा देवनागरी, सम्भोटा ९तामहिक०, रोमन तथा भारतको असममा बस्नेल असमी लिपिमा लेख्दै आएका छन् । ‘भाषाको विकासमा लिपिको पनि विकल्प चाहिन्छ,’ तामाङ भन्छन्, ‘परम्परागत चलनमा रहेका जटिलभन्दा समाजमा बढी प्रचलनमा रहेको देवनागरीलाई तामाङ भाषाको विशेषताअनुकूल बनाइएकोले बढी व्यावहारिक हुनेछ ।’

खासगरी तामाङ भाषामा ‘ङ’ र ‘ह’, ‘न’ र ‘ह’, ‘म’ र ‘ह’, ‘ल’ र ‘ह’ लगायत वर्ण जोडिएर बन्ने अक्षरलाई सम्बोधन गर्ने गरी सफ्टवेयरमा उपलब्ध गराइएको छ । ध्वनि उच्चारणमा एउटै सुनिने ‘ग’ र ‘घ’, ‘ज’ र ‘झ’, ‘ध’ र ‘ढ’ जस्ता वर्णलाई ‘नुक्ता’ ९अक्षरमा तलथोप्ली० दिएर शुद्ध लेखन अभ्यासलाई सहज तुल्याएको भाषाविद् तामाङले दाबी गरेका छन् ।  भाषा आयोगका अध्यक्ष डा।लवदेव अवस्थीले ‘सफ्टवेयरको विकासले विश्वभरि छरिएर रहेका मातृभाषी तामाङलाई थप सहजता दिलाउने’ बताए । ‘देवनागरीमा गएर तामाङ भाषा सकियो होइन,’ भाषाशास्त्रीसमेत रहेका अध्यक्ष अवस्थीले भने, ‘भाषाको लेख्य परम्परामा थप सम्भावना बढेको छ । यद्यपि भाषा बोलेरै बाँच्ने हो । लेख्य परम्पराले नजिकको यथार्थ मात्र दिने हो । युनिकोड प्रयोग गर्दैमा देवनागरी लिपि लोप हुँदैन ।’ आफ्नो मातृभाषाको माध्यमबाट पढेपछि अरू भाषाहरूको सिकाइमा समेत प्रभावकारी हुने उनले बताए ।

एप सार्वजनिकीकरण कार्यक्रमा प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले लिपिभन्दा पनि भाषा महत्त्वपूर्ण भएकाले जुनसुकै लिपिमा भाषा लेखिनुपर्ने बताए । ‘सम्भोटा लिपि हाम्रो मौलिक हो तर तत्काल सिक्न समय लाग्ने भएकाले देवनागरीमै भए पनि लेखेर जोगाउन जरुरी छ,’ उनले भने ।  पूर्वसचिव धनबहादुर तामाङले नेपाली समाजमा एउटा भाषा जान्दा अर्को भाषा क्षयीकरण हुने भ्रम रहेको बताए । ‘भाषा जति बढी जान्यो उति राम्रो हो,’ चिनियाँ र जापानीहरू आफ्नो भाषाप्रति श्रद्धा जगाउने गरेको उल्लेख गर्दै भने, ‘एउटा भाषा जानेर अर्को भाषा बिग्रिन्छ भन्ने होइन । हामीकहाँ अंग्रेजीमा भाषण गरे ठूलो मान्छे हुने मानसिकता व्याप्त छ ।’ उनले तामाङ भाषा लेखनमा नुक्ता प्रयोग गर्दा पनि शुद्ध उच्चारणमा समस्या समाधान नहुने उल्लेख गरे ।

तामाङ भाषा लेखन तथा प्रकाशन कार्य पहिलो सन् १८४८ मा भएको थियो । किताबका रूपमा बुद्धिमान मोक्तानको ‘जिक्तेन ताम्छोइ तामाङ वंशावली ह्रमा’ नामक पुस्तक सन् १९५६ प्रकाशनमा आएको थियो । त्यसैगरी सर्वाधिक चर्चामा रहेको सन्तवीर लामाको ‘ताम्बा काइतेन हाई रिमठिम’ पुस्तक प्रकाशित भएको थियो । प्रकाशनको १ सय ७० वर्षमा तामाङ भाषामा २ सयभन्दा बढी पुस्तक प्रकाशन भएको भाषाविद् योञ्जन बताउँछन् । त्यस्तै, ३ सयभन्दा बढी तामाङ सम्बन्धी पुस्तक र ९६ वटा पत्रपत्रिका प्रकाशनमा छन् ।

राष्ट्रिय जनगणना २०६८ अनुसार तामाङ जातिको जनसंख्या १५ लाख ३९ हजार ८ सय ३० छ । तीमध्ये १३ लाख ५३ हजार अर्थात् ८७ दशमलब ८८ प्रतिशतले तामाङ मातृभाषा बोल्छन् । तामाङ जाति देशका सबै क्षेत्रमा छरिएर रहेको तथ्यांकले देखाएको छ । तामाङको जनघनत्व र आदिम भूमि रहेको प्रदेश नं।३ लाई ताम्सालिङ हुनुपर्ने सम्बन्धित समुदायको माग छ ।

तामाङ एप्सको प्रयोग यसरी

सेन्ट जेभियर्स कलेज बीएस्सी सीएसआईटीका विद्यार्थी भिक्टर सापकोटाले काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक डा।बालकृष्ण बलको निर्देशनमा ‘तामाङ किबोर्ड’ एप प्लेस्टोर निर्माण गरेका हुन् । ‘भिक्टरले तीन महिना अवधिमा मिहिनेतपूर्वक यो काम गरेका छन्,’ बलले भने, ‘तामाङ भाषा लेखनमा नयाँ सम्भावना पहिल्याउने विश्वस्त छु ।’

यो एन्ड्रोइड ओएसको ४।४ वा माथिल्लो भर्जन प्रयोग गर्ने जुनसुकै मोबाइल तथा अन्य डिभाइसमा इन्सटल गर्न सकिने भिक्टर बताउँछन् । ‘देवनागरी लिपिमा तामाङ टाइप गर्नका लागि बनाइएको यस एपले देवनागरी र रोमन लिपिमा तामाङ, नेपाली र अंग्रेजी भाषा टाइप गर्न प्रयोग गर्न सकिन्छ,’ उनी भन्छन्, ‘देवनागरी तामाङमा टाइप गर्नका लागि तामाङ किबोर्डमा पनि रोमनाइज्ड ढाँचामा लेआउट तयार पारिएको छ ।

प्रयोगकर्ताहरूलाई पनि प्रयोग गरिहाल्न सहज होस् भनेर किबोर्ड इन्सटल गरेदेखि मोबाइलको सेटिङमा तामाङ किबोर्ड इनेबल गरी चयन गर्नसम्म हाम्रो किबोर्डमा गरे जसरी नै तामाङ किबोर्ड एप ओपन गरेर गर्न सकिन्छ ।’ यति गरेपछि फेसबुक, मेसेन्जर, आदि जुनसुकै एपबाट पनि देवनागरी तामाङमा लेख्न सकिने उनले जनाएका छन् ।

तामाङ किबोर्डको मुख्य विशेषता भनेको यस किबोर्डबाट केही तामाङ अक्षरहरू लेख्न नुक्ता चिह्नको प्रयोग गर्न सकिन्छ । केही मौलिक तामाङ वर्णहरू ङ्ह, न्ह, म्ह आदिलाई नुक्ता चिह्न प्रयोग गरेर लेख्न सकिन्छ । गोकर्णन्युज बाट

१८ चैत्र २०७४






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution