तेमाल जात्राको अवसरमा उत्पिडित जागरन अभियान समाज द्वारा निशुल्क खानेपानी तथा जुस वितरण

मणिकलाल घिसिङ तामाङ , याम्बु – उत्पिडित जागरन अभियान समाजले एक भब्य कार्यक्रम गर्दै तेमाल जात्रा २०७४ को अवसरमा श्रद्धालु भक्तजनहरुलाई निशुल्क खानेपानी तथा जुस वितरण गरेको छ । प्रवासमा रहेका सदस्यहरुले कार्यक्रमको निमित्त आर्थिक सहयोग गरी कार्यक्रमको आयोजना गरेका थिए ।
आधिकारिक रुपमा सामाजिक संस्थाको रुपमा दर्ता भएको यस संस्थाले सामाजिक, राजनैतिक, समसामायिक गतिविधीहरुमा आफ्नो उच्च सहभागिता जनाईरहेका छन् । उज्यालो नेपाल अभियानमा मुख्य ब्यबस्थापनको जिम्मा लिएका यसले विभिन्न राजनैतिक आन्दोलन, उत्पिडित जातजाती, वर्ग, समुदायको निमित्त अभियानहरुमा सहभागिता र सञ्चालन गर्दै आईरहेका छन् । समाजका अध्यक्ष गुञ्जमान लोप्चनले भने, “अनलाईन मार्फत एकिकृत भएका जुझारु साथीहरुको समूहलाई एउटा आधिकारिक रुप दिन उत्पिडित जागरन अभियान मोर्चाको रुपमा स्थापित गरेका थियौं तर सबैको साझा विचारहरुलाई समेट्दै अधिवेशन मार्फत यसको नाम ‘उत्पिडित जागरन अभियान समाज’ राखेका हौं । यसको मुख्य उद्धेश्य आर्थिक, सामाजिक र राजनैतिक रुपमा उत्पिडनमा परेका समूहको हितको निमित्त नै हुन् ।”
समाजका कोषाध्यक्ष सम्झना लामाले संस्थाले सामाजिक अभियानहरु सन्चालन गर्नुका साथै आर्थिक संब्रिद्धीको निमित्त संस्था लागिरहेको बताए । त्यसैमा थप्दै भने, “हामी सँग तत्कालिन र दिर्घकालिन योजना छन् । युवाशक्ति परिवर्तनका संवाहक हुन् र युवाशक्ती परिचालन गरी समाजको निमित्त उदाहरनिय कार्यहरु सन्चालन गर्ने छौँ ।” बिगतका बर्षहरुमा झै संस्थाले तेमाल जात्राको बिशेष अबसर पारी, यसपाली पनि पानी बितरन गरेका छन् र यो कार्य आगामी दिनहरुमा दोहोर्याई निशुल्क स्वास्थ्य शिबिर सन्चालन गर्ने, शिक्षा हाशिल गर्न आर्थिक अभाब भएका बालबालिकाहरुलाई सहयोग गर्ने, उपचार अभाबमा परेकाहरुलाई आर्थिक सहयोग गर्ने जस्ता सामाजिक कार्यहरु सन्चालन गर्दै अाईरहेका छन् ।
पानी बितरणको निमित्त प्रबासबाट गुन्जमान लोप्चन, सम्झना लामा, गणेश लामा, फेशन केटो, मंगलदास लामा, बेत्ता घिसिङ, गोबिन्द थिङ, नानू गोम्जा, चिनिमाया बल, रन्जिता बल, शरु लोप्चन लगायतका सदस्यहरुले आर्थिक सहयोग गरेका थिए भने नेपालमा रहेका सदस्यहरु निङमार दोङ, उषा घिसिङ, चक्र घिसिङ, रमिता लामा, लालकुमारी दोङ, लरिमाया तमाङ, लक्ष्मी तामाङ, शंकर योन्जन, दावा लामाको संयुक्त टिमलाई संयोजन महासचिब मणिकलाल घिसिङले गरेका थिए । संस्थाले बिगतका बर्षमा भन्दा पनि भब्य तरिकाले कार्यक्रम सम्पन्न गरेका थिए ।