हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

गुन्डा नाइके प्रहरी खोरमा, टोले गुन्डाको दादगिरि

काठमाडौँः राजधानीलाई आधार क्षेत्र बनाएर गुन्डागर्दी गर्दै आएका अधिकांश गुन्डानाइके यति बेला प्रहरी खोरमा छन्। कोही ज्यान मार्ने उद्योग त कोही हातहतियार खरखजना मुद्धामा अनुसन्धानको दायरमा छन्।

आफ्ना समूहका नाइकेलाई प्रहरीले नियन्त्रणमा लिएपछि टोले गुन्डा सक्रिय हुन थालेका छन्। उनीहरूले त्रास फैलाएर फिरौती असुली तथा ठेक्कापट्टादेखि आपराधिक गतिविधि गर्दै आएका छन्।

गत बिहीबार मात्र प्रहरीले टोले गुन्डा आशीष गुरुङ पक्राउ गर्‍यो। गुन्डा नाइके चक्रे मिलनका सहयोगीका रूपमा रहेका गुरुङले महाराजगञ्ज क्षेत्रमा डर त्रास देखाएर पैसा असुली गर्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहनकुमार थापा बताउँछन्।

दुई साताअघि कोटेश्वर क्षेत्रमा गुन्डागर्दी गर्ने टोले गुन्डा पक्राउ परे। ललितपुर महालक्ष्मीस्थान बस्ने ३० वर्षीय सुरज शाहलाई प्रहरीले पक्राउ गरेको हो। शाहले कोटेश्वरको नरेफाँट ३२ बस्ने भीष्मप्रताप भण्डारीसँग १५ लाख रुपैयाँ मागेको र नदिए हत्या गर्ने धम्की दिएका थिए।

राजनीतिक आवरणमा गुन्डागर्दी गर्दै आएका काभ्रेली समूहका गुन्डा नाइके गणेश लामा दुई सातादेखि प्रहरी हिरासतमा छन्। काठमाडौँको गौशलाबाट प्रहरीले लामालाई एक थान पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको थियो। प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट हातहतियार खरखजना मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

अर्का गुन्डा नाइके समीरमान बस्नेत पनि नख्खु कारागारमा सजाय भुक्तान गरिरहेका छन्। निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका प्रमुख योजनाकार समीरमान सिंह बस्नेतलाई गत मङ्सिरमा प्रहरीले पक्राउ गरेको हो।

गुन्डा नाइकेबाट राजनीतिक छवि बनाएरका दीपक मनाङेलाई प्रहरीले खोजी सूचीमा राखेको छ। नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी ठहर भएको फेला परेपछि प्रदेशसभा सदस्यमा निर्वाचित मनाङे फरार छन्। उनले शपथ पनि लिएका छैनन्।  उनलाई कर्तव्य ज्यान मुद्दामा २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाएको थियो।

गुन्डा नाइके चक्रे मिलन, बाघे लामा, राजु गोर्खाली लगायतका बाहिरै रहे पनि प्रहरीको निगरानीमा नै छन्। उनीहरूले अहिलेसम्म कुनै पनि आपराधिक गतिविधि गरेको उजुरी भने परेको छैन। महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वराज पोखरेल सबै गुन्डाहरूको गतिविधिलाई प्रहरीले हेरिरहेको बताउँछन्। एसएसपी पोखरेल भन्छन् ‘उजुरी परेका  र आपराधिक गतिविधि गरेका टोले गुन्डाहरूलाई नियन्त्रणमा लिएका छौँ।’

राजधानीका नयाँ बस्तीहरूमा टोले गुन्डा सक्रिय हुने गरेको एक प्रहरी अधिकृतले बताउँछन्। पहिलोपोस्टबाट

१८ चैत्र २०७४






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution