हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

नेपालबाट भारतमा हुने चेलिवेटि बेचबिखन ५ सय प्रतिशतले बृद्धि

नयाँदिल्ली : नेपालबाट भारतमा हुने मानव तस्करी सन् २०१३ पछि ५ सय प्रतिशत बढेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले खुलासा गरेको छ। ‘भारत-नेपाल सीमामा मानव तस्करी’ सम्बन्धमा गरिएको एक अध्ययनमा एसएसबीले यस्तो दाबी गरेको हो। भारतीय अंग्रेजी दैनिक टाइम्स अफ इन्डियाले शनिबार एसएसबीको अध्ययन प्रतिवेदनका आधारमा समाचार प्रकाशन गरेको छ।

नेपालका सीमावर्ती क्षेत्रबाट चेलीबेटी भारतमा तस्करी गरी राजधानी दिल्ली, मुम्बई, कोलकातालगायत अन्य सहरस्थित वेश्यालयमा ५० हजार रुपैयाँसम्म बेच्ने गरेको उल्लेख छ। भारत-नेपाल सिमानामा सन् २०१३ मा १ सय ८ र सन् २०१७ मा ६ सय ७ जना यस्ता नेपाली बालबालिका र युवतीको उद्धार गरिएको पनि एसएसबीको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

एसएसबीका अनुसार भारतमा मानव तस्करी गरी ल्याइने अधिकांश महिला र बालबालिकाको प्रमुख स्रोत नेपाल हो। यसरी भारत ल्याइने नेपाली महिला र बालबालिकालाई देह व्यापार वा घरेलु कामदारका रूपमा काम गर्न बाध्य पारिने वा अन्य स्वरूपमा अत्यधिक श्रम शोषण गरिने पनि एसएसबीले जनाएको छ।

एसएसबीका अनुसार यसरी ल्याइएका महिला तथा बालबालिकाका अवैध रूपमा अंग निकालेर बेचेका मामिला पनि फेला परेका छन्।
नेपालको महिला तथा समाजकल्याण मन्त्रालयको तथ्यांक उल्लेख गर्दै एसएसबीले नेपालका २६ जिल्लाका महिला तथा बालबालिका मानव तस्करको निसानामा रहेको जनाएको छ। तीमध्ये मानव तस्करले पहाडी जिल्लाका दलित समुदायलाई मुख्य निसाना बनाएका भए पनि माथिल्ला जातिका महिला र बालबालिका पनि भारत तस्करी गरेको पाइएको छ।

दिदी (देह व्यापारी) वा दलाल भनिने मानव तस्करले ९ देखि १६ वर्षसम्मका बालबालिका र किशोरी भारत-नेपालका सीमावर्ती सहरमा ल्याउने गर्छन्। नेपालको सीमा कटाएर उनीहरूलाई बसबाट भारतका विभिन्न सहर ल्याइने गरेको छ।

सीमावर्ती सहरमा दलालले उनीहरूलाई लोभलालच देखाएर प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले विभिन्न वेश्यालयमा बेच्ने गर्छन्। एसएसबीका अनुसार यस्ता दिदीबाहेक परिवारका सदस्यले समेत चेलीबेटी बेच्ने गरेका छन्। सीमामा प्रहरीको सोधपुछबाट जोगिन बालिका र किशोरीको वास्तविक उमेर ढाँट्ने गर्छन्।

एसएसबीका अनुसार सुरक्षा निकायलाई झुक्याउन गाउँबाट उनीहरूलाई पहिले काठमाडौं लगेर गेस्टहाउस वा कार्पेट कारखानामा राखिने र त्यहाँबाट सीमा नाकामा ल्याएर दलाललाई बेचिन्छ।

सीमा नाकाबाट दलालले उनीहरूलाई बस वा रेलबाट मुम्बई, कोलकाता, दिल्लीलगायत विभिन्न सहर ल्याएर वेश्यालयमा ५० हजार रुपैयाँसम्ममा बेच्ने एसएसबीको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार अधिकांश दलालले उनीहरूलाई लोकल बसबाट दिल्ली ल्याउने र यहाँबाट रेलबाट मुम्बई लैजाने गर्छन्।
एसएसबीले भारतका वेश्यालयमध्ये केही राजनीतिक संरक्षणमा रहेकाले कहिल्यै पनि छापा नमारिने गरेको पनि प्रतिवेदनमा उल्लेख गरेको छ।

यसरी नेपालबाट चेलीबेटी भारत तस्करी गरिने मुख्य समय जुनदेखि अगस्टसम्म वा सेप्टेम्बरको सुरु भएको पनि जनाइएको छ। दसैंताका भारतका वेश्यालयबाट दिदीहरू नेपालस्थित आफ्ना गाउँमा आउने र बालिका तथा किशोरीलाई फकाएर ल्याई वेश्यालयमा भर्ती गर्ने पनि प्रतिवेदनमा उल्लेख छ। अन्नपूर्णा पोस्टबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution