कामीरिता शेर्पा २२ औं पटक सगरमाथा आरोहण गर्ने तयारीमा
काठमाडौं – सोलुखुम्बुको थामेका कामीरिता शेर्पा २२ औं पटक सगरमाथा आरोहणमा निस्कँदै हुनुहुन्छ । आइतबार लुक्ला जान लागेका उहाँले अबको झण्डै ५० दिनमा सगरमाथा शिखरमा पुग्ने र विश्व कीर्तिमान राख्ने लक्ष्य रहेको बताउनुभयो ।
सन् १९९४ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताले त्यसयता केही वर्ष बाहेक लगातार सगरमाथा आरोहण गर्दै आउनुभएको छ । उहाँले २२ औं पटक सगरमाथामा पुगेर आफ्नै गाउँले आप्पा शेर्पाको कीर्तिमान तोड्ने लक्ष्य राखेको बताउनुभयो ।
२०७४ चैत १८