क्याप्टेन विजय लामा : प्लेनमा बस्दा नेगेटिभ, टुंगिदा पोजेटिभ

काठमाडौं । विजय लामाले आफु क्याप्टेन हुँदाको अनुभव सुनाएका छन् । शनिवार लेखन कुन्जमा आयोजित अनुभव श्रृंखला ३ को अतिथि क्याप्टेन विजय लामाले सो अनुभव सुनाएका हुन् ।
पाईलट लामाले संसारमा भएको दुर्घटना र रोकिएको केही घटनाबारे जानकारी गराएका थिए । पाईलट र विमानस्थलको त्रुटीको कारण युएस बंगला विमान दुर्घटना भएको हुन सक्ने तर पाईलटले कहिल्यै गल्ति नगर्ने बताए । हालै भएको युएस बंगला विमान दुर्घटनामा परि राजधानीमा दर्जनौको मृत्यु भएको थियो ।
उनले पाईलटको जीवन प्लेनमा बस्दा नेगेटिभबाट सुरु हुने तर पोजिटिभमा टुंगिने बताए । बिमानमा बस्दा हाईज्याकरहरु आए के गर्ने ? पड्किए के गर्ने ? पाईलट पहिल्यै सचेत हुने उनले बताए ।
उनले नेपालीलाई जोड्ने झन्डा र महाविपत्ति हो भन्दै आफुले छातिमा जहिल्यै नेपाली झन्डा राखेर हिड्ने गरेको सुनाए । हाम्रा कुरा |