पूर्व गृहमन्त्री खुमबहादुर खड्काको भारतको एपोलो अस्पतालमा निधन
काठमाडौं : पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको ६७ वर्षको उमेरमा निधन भएको छ।
उनको भारतको एपोलो अस्पतालमा शुक्रबार साँझ सवा ५ बजे निधन भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। खड्का मृगौला, छाती र नशाको समस्याबाट केहीसमययता पीडित थिए।
मृगौला प्रत्यारोपण गरेका खड्काको स्वाथ्य अवस्था नाजुक भएपछि गत फागुन पहिलो साता उनलाई उपचारका लागि दिल्ली लगिएको थियो।