हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

गाई काट्ने विवादको बहस केन्द्रीय संसदसम्म…

काठमाडौं – गाई काट्ने विषयमा भइरहेको विवादको बहस केन्द्रीय संसदसम्म पुगेको छ । प्रदेश नम्बर- ३ की उपसभामुख राधिका तामाङले गाई काट्न पाउनुपर्छ भनेको भनेर शुरु भएको अफवाहका कारण केही दिनयता गाई काट्ने विषयले बहस तताएको छ ।

गाई काट्न पाउनुपर्छ भनेको भनेर आरोप लगाइएकी प्रदेश उपसभामुख तामाङले पटक-पटक स्पष्टीकरण दिइसकेकी छिन्, आफूले त्यसो नबोलेको भनेर । आफ्नो भनाइलाई बंगाइएको प्रति उनले चिन्ता व्यक्ति गरेकी छिन् । यद्यपि यो विषय प्रदेश संसदमा पनि उठिसकेको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद गंगा चौधरी सत्गौवाले पशु अधिकारको विषयमा बोल्ने क्रममा यो प्रसंग कोट्ट्याइन् । उनले गाई काटेर खान पाउनुपर्छ भन्ने कुराको विरोध गरिन् ।

‘कुनै पनि जाति समुदायको धर्मलाई खल्बल्याउने, कसैको मनमा ठेस पुर्‍याउने मेरो उद्देश्य होइन,’ उनले भनिन्, ‘गाई मात्र होइन कुनै पनि पशुलाई काटेर खानु हुँदैन । मानव धर्मले यही भन्छ ।’

देवी/देवताले आफ्नै सन्तानको बली नमाग्ने भन्दै उनले कुनै पनि निर्दोष पशु काटेर खानु गलत भएको बताइन् । ‘विश्वमा उदाहरणीय बन्नु छ भने देशलाई शाकाहारी राष्ट्र बनाएर जाऔँ,’ उनले भनिन्, ‘छिमेकी भारतको गुजरात राज्यमा माछा मासु, र जाडरक्सी निषेध गरिएको छ । त्यसको सिको गरौं ।’

सांसद चौधरीले गाई काट्नेलाई मात्र होइन अरु पशुको पनि बलि दिइन नहुने भन्दै आफू ‘एनिमल राइट’को विषयमा बोलेको उनले बताइन् । ‘गाई काट्ने विषयमा बाहिर बहस भइरहेको समयमा पशुअधिकारको विषयमा संसदमा बोलेकी हुँ,’ चौधरीले भनिन्, ‘आज मात्र समय पाए, त्यसैले आज बोले ।’

चैत १६, २०७४ मा प्रकाशित






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution