हेडलाईन

नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)         इजरायलमा मणि पूजा तथा प्रवचन कार्यक्रम हुदै         डिभी लटरी आजबाट खुल्यो         नेपाली काँग्रेसका १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिमा तामाङद्वय निर्वाचित         नेपाल तामाङ कलाकार संघको अध्यक्षमा बिश्व दोङ निर्वाचित         इजरायलमा नेपाली चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम हुदै         जसपा नेपालको प्रबास विशेष प्रदेश समितिले संगठन सुदृढीकरण तथा जनजागरण अभियान अभिमुखीकरण कार्यक्रम गर्ने         नेवा: खल: इजरायलले चोथा: पूजा तथा हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         आज तामाङ पहिचान तथा ज्ञान दिवस (गोने ङ्ञा)         इजरायल घेदुङले तामाङ पहिचान र ज्ञान दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्दै         नेपाली समाज इजरायलको प्रथम अधिवेशनबाट अध्यक्षतामा अनिला तामाङ चयन         इजरायलमा २७ औं विश्व आदिवासी दिवस अनलाइन भर्चुअल मार्फत मनाउने         इजरायलमा भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा फुटसल प्रतियोगिता हुने        

काठमाडौंमा लिभिङ टूगेदर जोडी खोज्दै प्रहरी, घरधनी र डेरावाल निगरानीमा !

काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं जिल्लाभरिका सम्पूर्ण घरधनी र कोठा भाडामा लिएर बस्ने डेरावालसम्मको निगरानी शुरु गरेको छ ।


पछिल्लो समय काठमाडौंमा लिभिङ टूगेदरमा बस्ने, कोठा भडामा लिएर विभिन्न अपराधिक गतिविधि गर्ने लगायत समस्या बढ्न थालेपछि प्रहरीले काठमाडौंका घरधनी र डेरावालको निगरानी शुरु गरेको हो ।

काठमाडौंका घरधनी र डेरावालको तथ्याङ्क संकलन गर्न करीब २ हजार प्रहरी परिचालन गरिएका छन् । महानरीय प्रहरी परिसर काठमाडौं अन्तर्गतका सबै प्रहरी वृत्त, प्रभाग र पोस्टले आफ्नो क्षेत्रका सबै घरधनी, डेरावालको विवरण संकलन गर्न थालेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले अपराध नियन्त्रण तथा अपराध भइसकेपछि संलग्नहरूले तुरुन्तै पक्राउ गर्न सकियोस् भन्ने उद्देश्यले विवरण संकलन थालिएको बताए ।

‘काठमाडौंमा ४५–५० लाखको संख्यामा मानिसको बसोबास छ । हामी ३ हजार ३ सयको संख्यामा मात्रै प्रहरी छौं,’ पोखरेलले भने, ‘जनशक्ति कम भए पनि प्रभावकारीरूपमा काम गर्न हामीले वैज्ञानिक ढंगले सूचना संकलन अभियान थालेका छौं । हामीले काठमाडौंमा बसोबास गर्ने सबै मानिसको सम्पूर्ण विवरण संकलन गर्छौं ।’

प्रहरीले काठमाडौंका घरधनी तथा डेरावालको काम, काम गर्ने कार्यालय, कामको प्रकृति, सामाजिक क्षेत्रमा संलग्नता, राजनीतिक संलग्नता आदि सबै विषयमा विवरण संकलन गर्न लागेको हो । जाति क्षेत्र, धर्म र उमेर समूहका व्यक्तिको विवरण पनि संकलन गर्न लागिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घरधनीको नागरिकता नम्बरदेखि मोबाइल नम्बरसम्मको विवरण संकलन गर्ने छ । घरधनीले प्रयोग गर्ने सवारी, सवारीको किसिम आदि विषयको विवरण पनि प्रहरीले संकलन गर्न लागेको छ ।

भाडामा बस्नेहरूको हकमा नाम, मोबाइल नम्बर, काठमाडौंमा बसेको अवधि, काठमाडौं उपत्यकामा डेरा लिएको तथा सरेको विवरण, हाल डेरा गरेर बस्नुभन्दा पहिले डेरामा बसेको स्थान, पहिलेको घरधनीको नाम समेतको विवरण प्रहरीले संकलन गर्ने छ ।
यस्तै व्यवसायिक प्रयोजनका लागि घर भाडामा दिने घरधनीको विवरण पनि प्रहरीले संकलन गर्न लागेको छ । प्रहरीले आवास तथा व्यवसायिक प्रयोजनका लागि घरभाडामा दिने घरधनी तथा घर भाडामा लिएर बस्ने भाडावालको विवरण संकलन गर्न छुट्टा–छट्टै फारम नै बनाएको छ ।

डेरावालले कोठा छाडे प्रहरीमा खबर गर्नुपर्ने

महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौंका सबै स्थानीय तह (काठमाडौं महानगरपालिकासहित)सँग समन्वय गरेर काठमाडौंमा बस्ने व्यक्तिको विवरण संकलन गर्न लागेको छ । प्रहरीले विवरण संकलन गरिसकेपछि  डेरा छाड्ने तथा डेरामा बस्न आउने नयाँ व्यक्तिको विवरण घरधनीले उल्लेख गर्नुपर्ने प्रहरीले जनाएको छ ।
‘यदि कुनै घरबाट कोठामा बसेकाले डेरा छाडे र नयाँ व्यक्ति डेरामा बस्न आए घरधनीले त्यसको जानकारी हामीलाई गराउनुपर्ने छ,’ एसएसपी पोखरेलले भने, ‘काठमाडौंमा हुने अपराधिक घटना नियन्त्रणका लागि यसले प्रभावकारी भूमिका निर्वाह गर्ने हाम्रो विश्वास छ ।’

एसएसपी पोखरेलका अनुसार काठमाडौंका घरधनीले अब आफ्नो घरमा बस्ने डेरावालको सम्पूर्ण विवरण आफूसँग पनि सुरक्षित राख्नुपर्ने छ । ‘कुनै घरमा डेरा गरेर बस्ने व्यक्तिले अपराध गरेमा पहिलो सोधपुछ धरधनीसँग नै हुन्छ,’ एसएसपी पोखरेल भन्छन्, ‘त्यसकारण घरधनीहरूले पनि आफ्नो घरमा डेरा गरेर बस्ने व्यक्ति को हुन्, के काम गर्छन् जान्नुपर्ने हुन्छ ।’

यसका लागि घरधनीले पनि डेरामा बस्ने व्यक्तिको नागरिकतादेखि अन्य सरकारी कागजातको प्रतिलिपि आफूसँग राख्नुपर्ने एसएसपी पोखरेलको भनाइ छ । 
    
लिभिङ टूगेदरमा बस्नेको छुट्टै तथ्याङ्क
पछिल्लो समय लिभिङ टूगेदरमा बस्ने संस्कृति ठूलो शहरी समस्या बन्दै गएको भन्दै प्रहरीले लिभिङ टूगेदरमा बस्नेको पनि विवरण संकलन गर्न थालेको छ । पहिले केटा र केटी राजी खुसीले सँगै बस्ने, तर पछि सम्बन्धमा समस्या आउँदा केटीले केटाविरुद्ध जबरजस्ती करणीसम्मको उजुरी दिने प्रचलन बढ्दै गएको प्रहरी तथ्याङ्कले बताउँछ ।

‘लिभिङ टूगेदरमा बस्ने संस्कृति अहिले ठूलो समस्याका रुपमा देखिएको छ,’ एसएसपी पोखरेल भन्छन्, ‘लिभिङ टूगेदरमा बस्नेहरू पहिले राजी खुसी सँगै बस्छन् । पछि समस्या आएपछि केटा–केटीले एक–अर्काविरुद्ध उजुरी गर्नेदेखि अनेक आरोप लगाउन गर्छन् । यो एक सामाजिक समस्या बन्दै गएको छ ।’

प्रहरीले लिभिङ टूगेदरको संस्कृतिलाई निरुत्साहित गर्न विवरण संकलन गर्न लागेको जनाएको छ । तर यसका लागि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नु जरुरी रहेको प्रहरीको भनाइ छ ।

‘अहिलेका लागि लिभिङ टूगेदरमा बस्नेहरूको संख्या कति छ भनेर जान्नका लागि विवरण संकलन गर्न थालिएको हो,’ एसएसपी पोखरेल भन्छन्, ‘विवरण संकलन पछि यसबाट सिर्जित समस्याहरूबारे थप अध्ययन गरिने छ । लिभिङ टूगेदरलाई व्यवस्थित गर्ने सम्बन्धमा नीति निर्माण गर्न पनि यो तथ्याङ्क काम लाग्ने छ ।’ लोकान्तर बाट

चैत १६, २०७४ मा प्रकाशित






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution