हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

प्रदेश पाँचको नाम बुद्धभूमि कि लुम्बिनी ?

प्रदेश नम्बर ६ ले प्रदेशको नाम र स्थायी राजधानी टुङगाएको एक महिना भइसक्यो । ६ नम्बर प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेतको वीरेन्द्रनगर तय भइसकेको छ । तर अन्य ६ वटा प्रदेशहरूले प्रदेशको नाम के राख्ने  र स्थायी राजधानी कुन शहरमा टुङगो लगाउने भन्ने विषयमा अझै प्रवेश नैं गरेका छैनन ।

यस प्रदेश (पाँच) को राजधानी टुङगाउने विषय कठिन देखिए पनि नामाकरणको विषयमा प्रदेश पाँचमा समस्या नरहेको मुख्यमन्त्री शंकर पोखरेलले बताउँदै आएका छन् । उनी भन्छन, ‘प्रदेशको स्थायी राजधानी प्रदेश सभाले टुङगाउँछ । तर प्रदेशको नामाकरणमा हामीसँग त्यति धेरै समस्या छैन । बरू प्रदेशको स्थायी राजधानी सबैको पायक पर्ने ठाउँमा हुनुपर्छ/हुन्छ ।’

विश्व सम्पदा सूचीमा सूचीकृत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी छ । त्यस्तै धार्मिक क्षेत्रहरू, रूरू, रेसुङगा, स्वगद्वारी, बागेश्वरी सुपादेउराली पनि छन । नदीको नामाबाट  राप्ती, तिनाउ, जलजला लगायतका नदीहरूबाट पनि प्रदेशको नामको बारेमा चर्चा सुनिन्छ ।

पहिलो संविधानसभा विघटनको संघारमा पुग्दा यस क्षेत्रलाई थारूहट प्रदेश नामाकरण गनुपर्ने आवाज उठे पनि अहिले त्यो बोली सुनिँदैन । तर यस प्रदेशका संस्कृतिविद, सामाजिक विश्लेषक तथा नागरिक समाजका अगुवाहरूले प्रदेश नम्बर पाँचको नाम लुम्बिनी र बुद्धभूमि मध्ये एउटालाई छनौट गरेर राख्नुपर्ने सुझाव दिन्छन् ।
संस्कृतिविद् डा. गितु गिरीले प्रदेश नम्बर पाँचको नाम लुम्बिनी निर्विकल्प भएको बताए । उनले भने, लुम्बिनी प्रदेश, राष्ट्रको मात्र नभएर अन्तर्राष्ट्रिय गौरव भएकाले यही नाम उपयुक्त हुन्छ । लुम्बिनी विश्व सम्पदा सूचीमा सुचीकृत पनि छ । यसलाई विश्वले पनि चिन्छ । सबै प्रदेशबासीको अपनत्व गराउँछ ।’

उनले थपे, ‘लुम्बिनी बाहेक अन्य नाम खोज्न थालियो भने विवाद आउन सक्छ । त्यसैले प्रदेशसभाले लुम्बिनी प्रदेश नामाकरण गर्नुको म विकल्प देख्दिन ।’

प्रदेश नम्बर पाँच पहाडका ६ र तराईका ६ जिल्ला मिलेर बनेको नेपालको मध्य भागमा अवस्थित प्रदेश हो । लुम्बिनी विनाको प्रदेशको कल्पना पनि गर्न नसकिने बुटवल–१० का राजन केसी बताउँछन । यहाँ प्रदेश विभाजनको चलखेल हुँदा जुन आगो बलेको थियो । ‘यस प्रदेशको नाम लुम्बिनी बाहेक अन्य नामबाट राखिए त्यस्तै आन्दोलन हुन्छ’ उनले  भने ।

प्रदेश नम्बर पाँच सरकारले लुम्बिनीलाई केन्द्रमा राखेर विकास गर्ने बताउँदै आएको छ । लुम्बिनी प्रदेशको नाम बारे धेरै सांसदहरू पनि सहमत जस्तो देखिन्छन । यस प्रदेशमा ८७ सांसद छन् ।

संविधानको धारा २९५ को २ मा प्रदेशको नामकरण प्रदेशसभाको दुई तिहाइ बहुमतबाट राख्नुपर्ने उल्लेख छ ।

सामाजिक विश्लेषक युवराज कंडेलले प्रदेश पाँचको नाम लुम्बिनीको साटो बुद्धभूमि नाम राख्न सुझाव दिन्छन ।  ‘लुम्बिनी शब्दले एउटै क्षेत्र ओगट्छ,’ कंडेलले  भने, ‘बुद्धभूमि राख्दा बुद्धको सम्मान र प्रदेशको पहिचान समेटिन सक्छ ।’

रूपन्देहीको लुम्बिनी, गौतम बुद्धले २९ वर्ष बिताएको कपिलवस्तु र अष्टधातु रहेको नवलपरासीजस्ता महत्त्वपूर्ण भूमिलाई समेट्न बुद्धभूमि उपयुक्त हुने कंडेलेको तर्क छ ।

दाङका सामाजिक विश्लेषक गोविन्द आचार्यले संसारले चिनेको लुम्बिनीलाई केन्द्रमा राखेर लुम्बिनी प्रदेश नै राख्नुपर्नेमा जोड दिन्छन् । उनले भने, ‘लुम्बिनी र बुद्धभूमि मध्ये एउटा नाम प्रदेश सरकारले टुङगाउदा राम्रो हुन्छ ।’ त्यस्तै सांसद जाल्पा भुसालले प्रदेशको नामाकरण छिट्टै टुङगाउन आग्रह गरिन् । लोकान्तर बाट

चैत १६, २०७४ मा प्रकाशित






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution