हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

जापानी पहरोमा बुद्धमूर्ति खोप्दै नेपाली युवा

उर्लाबारी । निरन्तरको मिहिनेतले सामान्य देखिने कामबाट पनि मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् मोरङ उर्लाबारीका मुर्तिकार, मन्जुल मितेरी ।

झट्ट हेर्दा ढुङ्गासँग खेल्ने काम सहज छैन । यो काम मानिसको रोझाईमा पर्ने गरेको पाईदैन् । तर यही पेशामा लागेर आर्थिक हिसाबले राम्रो आम्दानीसँगै चर्चा समेत कमाएका छन् मन्जुल । हाल जापानको खामिआमाकुसा शहरको विशाल पहरामा बिश्वको अग्लो बुद्धको मुर्ति कुँदिरहेका मन्जुलको जीवनमा एउटै लक्ष्य छ आफ्ना पूर्व घोषित १ हजार बिश्वप्रसिद्ध ब्यक्तिहरुको मुर्ति राष्ट्रलाई उपहार दिने ।

मितेरीले २०६२ सालमा १० वर्षको अवधिमा १ हजार मुर्ति प्रदान गर्ने घोषणा गरेका थिए । ‘जीवन चलाउनै पर्यो, परिवारको जिम्मेवारी पनि त छ, यसका लागि पनि ढुङ्गासँग नै खेल्नुपर्ने हुन्छ’ उनी थप्छन्, – ‘यसमा मात्रै लागेको भएत  तोकेको समयमा नै बोलेका कुरा पूरा हुन्थे ।’ उनले हालसम्म निर्माण गरेका मुर्तिहरु यतिबेला राख्ने ठाउँको अभावमा खेतबारीमा छन् । सरकारसँग मितेरीको एउटा अपेक्षा छ – राष्ट्रका निम्ति हालसम्म निर्माण गरिएका मुर्तिहरुको सहि ब्यवस्थापन र अन्य मुर्ति निर्माणमा आर्थिक सहयोग गरिदेओस् ।

मितेरीको यो सपनालाई मुर्तरुप दिन उनका साथीहरू, स्थानीय स्तरमा रहेका संघसंस्थाले साथ नदिएको हैन तर त्यो अपुग बन्न पुग्यो । आर्थिक हिसाबले मोटो रकम चाहिने भएकाले पनि पाएको अवसरलाई सहि सदुपयोग गर्दै मितेरी जापान हानिएका हुन् ।
२०७२ सालमा युवा प्रतिभा पुरस्कारबाट सम्मानित बनेका थिए मन्जुल । उनले जापानमा गएर यसरी बिश्वको अग्लो बुद्धको मुर्ति नेपाली मुर्तिकारले कुद्नु नेपाललाई बिश्वसामु चिनाउने अवसर भएकाले गर्दा थप उत्साह मिलेको बताए। जापानी ब्यापारी ओसिमा सिजुकिको ३० बर्ष अगाडिको परिकल्पनामा यतिबेला मन्जुल लगायतको टिम जापानको  खामिआमाकुसा शहरबाट झन्डै १५ किलोमीटरको दुरिमा रहेको पहरामा संसारकै ठूलो बुद्ध मुर्ति निर्माणमा लागिरहेको छ । आगामी पाँच वर्षभित्र ६० फिटको एउटा, ४५ फिटका दुईवटा र ३० फुटका चारवटा मुर्ति निर्माण गरिसक्ने उदेश्यका साथ मन्जुलसँगै काभ्रेका शानुभाइ विश्वकर्मा, उदयपुरका रामचन्द्र पन्डित, अनि मोरङकै गणेश राई बान्तवा अहोरात्र खटिरहेका छन् । ललित कलामा देशमा मात्रै नभएर बिदेशमा समेत ख्याति कमाइरहेका मन्जुल कुनै समयका उसु खेलाडी समेत हुन् ।

यसरी जाग्यो मन्जुललाई मुर्तिकला प्रतिको मोह

मोरङको तत्कालीन विकट गाविस टाँडीमा जन्मि हुर्केका मितेरीले १२ वर्षको उमेरमा पाठ्यक्रममा बिश्व प्रख्यात कलाकार अरनिकोको जीवनी पढ्न पुगे । पढाईमा सामान्य उनलाई अरनिको जीवनी पढेदेखि नै भविष्यमा आफु पनि सफल मुर्तिकार बन्ने हुटहुटी जागेको थियो । र सुरु भयो कलिला ती हातहरुले ढुङ्गासँग खेल्ने शिलशिला जुन आजसम्म निरन्तर चलिरहेको छ । ‘बुबाले सकीनसकी खोलाबाट ढुंगा बोकेर ल्याइदिनुहुन्थ्यो। काममा सघाउनुहुन्थ्यो । ढुंगा खिप्दै गर्दा कहिलेकाहीँ ढुंगा फुट्थे, हराउँथे, मूर्ति कुँद्दै गरेको ढुंगा हराउँदा दिनभरि खोजिरहन्थेँ,’ उनी बाल्यकाल सम्भ्किन्छन्, ’कति दिनसम्म रुन्थेँ, भोकै बस्थेँ । आज यहाँसम्म आइपुग्दा उनलाई आफुले गरेको त्याग, समर्पण अनि निरन्तरको मूर्तिकला प्रतिको मोहले सार्थकता पाएकोमा खुशी छन् ।

१० वर्षमा हजार मूर्ति

२०६१ सालमा १० वर्षभित्र विश्वप्रख्यात व्यक्तिहरूका १ हजार मूर्ति तयार गरी राष्ट्रलाई प्रदान गर्ने घोषणा गरेका मूर्तिकार मितेरीले अबको १० वर्षभित्रमा ती मूर्ति तयार पारिसक्ने बताएका छन् । घरायसी, आर्थिक, सामाजिक लगायत अन्य धेरै समस्याहरुको उल्लेख गर्दै थप १० वर्षमा आफ्नो लक्ष्य पूरा गर्ने वाचासमेत गरेका छन् । हालसम्म १ सय ५० वटा मूर्ति तयार भैसकेको मितेरीले बताए । आगामी २०८४ फागुनभित्र राष्ट्रलाई १ हजार मूर्ति उपहार दिने लक्ष्यका साथ आफू अघि बढेको उनले बताएका छन् ।

मितेरीले अबको ५ वर्ष भित्रमा बिश्वको अग्लो बुद्धको मुर्ति बनाइसक्ने र त्यसपश्चात नेपाल आएर आफ्नो सपना पूरा गर्न बताए   | सरल पत्रिका
२०७४ चैत १५ गते प्रकाशित






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution