हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

गाईवादीहरूको सामन्ती चिन्तन र सामाजिक यथार्थता’

ऋषिराज कट्टेल

उपसभामुख राधीका तामाङ्गले गृहमन्त्री समक्ष राखेको विचार समाजिक सञ्जालमा निकै टिप्पणीको विषय बनेको छ । गाईको मासु खाए वापत जेल बस्नु पर्ने बारेमा कानुनको संशोधनको माग गरे वापत राधीका विरुद्ध निकै ठूला स्वरहरु उठिरहेका छन् ।

सामान्य नागरिक मात्र हैन आफुलाई दिग्गज हुँ भन्नेहरुले सम्म राधिकाको हुर्मत लिन तम्सिएका देखिन्छन् । सडकमा गाई काटेका चित्र बनाएर साम्प्रदायीक सद्भाव बिथोल्ने प्रयाससम्म पनि गरिए । तसर्थ यो विषयमा तथ्यमा उभिएर छलफल चलाउनु पर्ने अवस्था देखियो ।

नेपालमा गाई-गोरुको मासु खाने कति ?

२०५८ को जनगणना अनुसार तामाङ ५.६४, मुस्लिम ४.२७ राई २.६९ सार्कि १.४० प्रतिशत देखिएको छ । जनजाति हरुले गाई-गोरूको मासु प्रयोग गर्दछन् । झण्डै ५० लाख भन्दा बढी नेपालीले औपचारिक रुपमै गाई खान्छन् । किराँत क्षेत्रमा जाँदा मैले थाहा पाएँ, उहाँहरुको पितृलाई गोरुको मासु अनिवार्य चढाउनु पर्दछ । यतिमात्र हैन तराइका दलित समुदाहरुमा गाईको मासु खाइन्छ भने, पश्चिम नेपाल तिर बस्ने खाम मगरको समुदायहरुमा, अरव, अमेरिका, युरोप, अस्ट्रेलिया र भारत रहेकाहरु अनि नेपालमा रहेका तारेहोटलहरुमा विफको रुपमा गाईको मासु खानेहरूको संख्या कति होला ? अनुमान गर्न सकिन्छ ।

भारतको बम्वैमा पार्टीको एउटा कार्यक्रम जाँदा सहजै साथीहरुले गोरुको मासु ल्याएको म आफैले देखेको छु । यसरी मोटा मोटी रुपमा हेर्दा २ करोड ५५ लाख जनसंख्यामा झण्डै एक करोड भन्दा बढी नेपालीहरुले गाई वा बिफको प्रयोग गर्दछन । तथ्य यही हो । अब कति मानिसलाई जेल हाल्ने ? प्रश्न गम्भिर छ । सधैँ मानिसलाई धम्कि र दण्डको भरमा अधिनस्त गर्न सकिदैन भन्ने कुरा शासकहरुले समयमै बुझ्दा राम्रो हुन्छ ।

अहिले गाईवादीहरु निकै ठूलो स्वरले कराएका छन । पहाड, तराई वा शहरमै अहिले किसानहरु गाई पाल्न रुची राख्दैनन, किन ? मधेसमा जाँदा जो कोहीले पनि देख्न सक्छ, दिनहुँ सयौको संख्यामा सस्तो दाममा गाई गोरु भारत तिर गैरहेका छन । बुझ्दा थाहा भयो, ति सबै मासुको लागि बेचिएका रहेछन् । नेपालबाट ३०० मा लगेको गोरुको मासु झण्डै ३० हजारमा मासुको रूपमा हुदो रहेछ । यसरी नेपाली किसानहरुले वार्षिक अरवौ रुपैंया एकातिर गुमाई रहेका छन् भने अर्कोतिर देशले अरवौ रुपैंयाको मासु आयात गरिरहेको छ ।

विफ खान हुने मासु खान किन नहुने ?

विफ खान हुने गाई खान नहुने कस्तो चिन्तन हो यो । हिजो खाएकोले मात्र नपुगेर विश्वभर मासुको नयाँ विकल्प खोजिदै पनि छ । गाई अहिले अपहेलित भएको छ ।

शहरमा सडकमा जताततै छाडिएका गाई छन । पहाडमा गाई घाँडो भएर पाल्नै छाडें । पशुधन नेपाली किसानहरुको ठूलो सम्पत्ति हो । यसको उपयुक्त व्यवस्थापनले उनीहरुको जीवनमा ठूलो राहत हुन्छ । रुढीवादी संस्कारको दलदलमा बगेर हैन यथार्थतामा उभिएर यसको निकास खोज्नैे पर्दछ । यो विषयमा विवाद गर्नु भन्दा राष्ट्रिय जनावर अरु कुनै दैनिक जीवनमा प्रयोग नहुने जनावरलाई बनाए हुन्छ ।

बेकारको कुरामा अल्मिलिएर बस्नुको कुनै खास अर्थ छैन । हिन्दु धर्मसंग पनि यसको सम्वन्ध छैन । ८० प्रतिसत हिन्दु भएको भारतमा गाईको मासु खुले आम बजारमा विक्रि भइरहेको कुराले यसको पुष्टि गर्दछ । गाईको मासु खान हुदैन भन्ने कुरामा कुनै वैज्ञानिक आधार पनि छैन । बरु स्वास्थको लागि हितकर छ भनेर पुष्टी भएको छ ।
गाईलाई मान्छेसंग दाज्नु कुनै अर्थ छैन । यो केवल रुढीवादी सोच हो । रुढीवादीहरु परिवर्तन रुचाउँदैनन् । अहिले त्यसैको कोकोहोलो हो ।

मलाई संझना छ, मेरो परिवारलाई दुई पटकसम्म वाहुनहरुले एक खालको वहिष्कार गरेंका थिए । एक पटक मेरो पिताजीले लुगा लगाएर भात खाए वापत अर्को पटक हलो जोते वापत त्यस्तो भएको थियो । आज ती साम्प्रदायीक वाजेहरु हराएका छन् । गाईवादी साम्प्रदायीकहरु पनि भोली त्यसैगरी हराउँनेछन । यिनले दलीदलाई मन्दिर पस्नसम्म दिदैनन् । जनजातीलाई आफ्नो संस्कार मान्न दिदैनन् । मधेसीलाई मान्छेसम्म मान्दैनन् । गरिब देखें भने उनकै स्वजातीलाई समेत अर्दली ठान्छन् । अरुतः अरु सरकारी जाँगिर खाएका पिएन, सिपाईहरुलाई समेत तल्लो ठानेर घरमा श्रमतीको साडी धुन लाउछन्।

देशको सत्ता, सम्पती सबै श्रोत कब्जा गरेर लाखौ जनतालाई भोका नङ्गा बनाएका छन । आज यही तत्व गाईवादीको आवरणमा आफ्नो लुटको स्वर्ग कायम गर्न चाहन्छ । धर्मको ठेकेदार भएको रबाफ देखाई रहेछ । यिनका यस्ता हर्कत तोड्न दृढताका साथ सामाजिक आन्दोलन अघि बढाउनु पर्दछ ।

-(लेखक कट्टेल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष हुन् । यो लेख  उनको फेसबुक पोष्टबाट साभार।)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution