सुटुक्क चीन पुगेर के गर्दैछन् नेता किम जोङ–उन ?

काठमाडौं । केही समय अगाडि उत्तर कोरियाली नेता किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने समाचार सार्वजनिक भएको थियो। तर ट्रम्पसँग भेट्नु पहिला नै किम जोङ उन चीनको भ्रमणमा निस्किए।
चीन भ्रमणका किम जोङ उनसँग श्रीमती री सोल जु पनि सँगै छन्। किन जोङ उनको यो चीन भ्रमण औपचाकिर थिएन। उनीहरुबीचको तस्बीर हेर्दा दुई नेताबीच महत्वपूर्ण विषयमा छलफल भएको अनुमान लगाउन सकिन्छ।
किम जोङ उनको परिवारको जानकारी सजिलै पाउन सकिँदैन। किम आफ्नी श्रीमतीसँग सार्वजनिक कार्यक्रममा निकै कम मात्र देखिन्छन्। तर, यो भनाइलाई चुनौती दिँदै किमकी श्रीमती शि जिनपिङसँग हात मिलाइएकी छन्। उत्तर कोरियासँगको सम्बन्धलाई लिएर अमेरिकाले चीनको आलोचना गर्नेगर्छ। बीबीसी