अरुलाई गालि गर्दैमा तामाङको बिकास हुदैन , चेतना भया !

अहिलेको तातो विवाद भनेकै गाई खान हुने र नहुने बिचमा चलेको दोहोरि देखिञ्छ l बिशेस त तामाङ समुदाय र केहि जनजातीहरुले गाई खान पाउनु पर्छ भन्ने तर्क गर्छन भने गैर तामाङहरुले यसको बिरोध गरेको देखिञ्छ |
तर खास कुरा प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङले यस बिशयमा स्पस्ट रुपमा गाई काटेर खान पाउनुपर्छ भनेर भनेको छैन भनेर बिज्ञप्ति जारि गरिसकेको अवस्थामा पनि सामाजिक संजालहरुमा जुहारी चल्ने क्रम अझै रोकिएको छैन |जुन मकवानपुरको घटना छ त्यो त सबैलाई थाहा नै भैसकेको छ |
तामाङ समुदाय लामो समय देखि एकात्मक हिन्दु अधिनायेकबादको चपेटामा परेको एउटा समुदाय हो l अझै पनि तामाङ समुदाय चरम गरिबी, अशिक्षा र त्यो भन्दा बढी त चरम रुढिबादी परम्पराबाट ग्रसित छ l पिछडिएको समुदायलाइ माथि उठाउनुको सट्टा राज्य अहिले पनि कसरी गैर हिन्दुहरुलाई दबाउन सकिन्छ भनेर लागेको देखिन्छ l यस्तो विभेदकारी र साम्प्रदायिक राज्य सत्ता त मैले कहिँ पनि देखेको छैन l अशिक्षा र गरिबी नै तामाङ समुदायको सबै भन्दा ठुलो सत्रु हो l बसाईको भौगोलिक कठिनाई पनि यसमा देखिन्छ |
अहिलेको विश्व १०/१५ बर्शमा प्रबिधि र संचारको विकासले धेरै परिबर्तन भै सकेको छ | तामाङ समुदाय पनि यो बिचमा धेरै नै माथि आइसकेको जस्तो लाग्छ | तर पनि अझ गर्न भने धेरै बाँकि छ | अहिलेको बिश्व पहिलेको भन्दा अवसरले भरिएको र उतिकै चुनौतिपूर्ण छ |पक्कै गर्न चाहनेको लागि धेरै अवसर छ | तसर्थ अब तामाङ समुदायले आफ्नो बिकाशको लागि कठिन मेहनत गर्नै पर्छ | आफुलाई पुग्दो हुनेले आफ्नो समुदायको लागि र आफुलाई हुनेले आफ्नै लागि भए पनि गर्नै पर्ने अवस्था छ | अरुलाई मात्र गाली गरेर आफ्नो बिकाश पक्कै हुदैन | आफ्नो ठाउँबाट अशिक्षा र गरिबी विरुद्ध लड्नु नै तामाङ समुदायको अहिलेको आवशेकता देखिन्छ |जब हामी शिक्षित र सम्पन्न बन्दै जान्छौ तब हाम्रो एकता पनि बलियो बन्दै जान्छ | एकतामा नै शक्ति हुन्छ र शक्तिलाई सबैले पुज्ने गर्छ | हामि पनि त्याहि मान्छे हौँ |
आफ्नो अस्तित्वको लडाई त हमेशा लडी राख्नु पर्छ नै किनकि जो संघर्ष गर्न सक्छ उही यो पृथिबिमा रहन्छ | पक्कै पनि हामीले पनि आफ्नो ठाउबाट प्रयास गर्यौ भने अवस्यनै सक्छौ |
अन्तमा मेरो हाम्रो तामाङ साथीहरु संग के बिनम्र अनुरोध छ भने कृपया सामाजिक संजाल होस् या चिया गफमा होस् कृपया सभ्य भाषाको प्रयोग गरि दिनु होला | हाम्रो बोलि चाली र व्यवहार नै हाम्रो परिचय पनि हो |अब पनि हामीले सभ्य हुन जानेनौ भने खस अर्याले मात्र होइन संसारले हामिलाई हेप्ने छ दबाउने छ | तसर्थ सभ्य भब्य र खुसि रहौ |
जय तामाङ !
– अर्जुन तामाङ
१४ चैत्र २०७४