उत्तर कोरियाली नेता किम जोङ चीनमा, राष्ट्रपति सीसँग भेटवार्ता

उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेको पुष्टि भएको छ । बीबीसीले जनाएअनुसार किम चीन पुगेर राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् ।
बीबीसीले सिन्ह्वालाई उद्धृत गर्दै लेखेको समाचारमा चिनियाँ राष्ट्रपति पिङसँग किमको कुराकानी भएको छ ।
अमेरिकी राष्ट्रपतिसँग कुराकानी हुने बताइरहेका बेला किम चीन पुगेका हुन् । दक्षिण कोरियाका राष्ट्रपतिसँग पनि कुराकानी गर्ने तयारी किमको थियो ।
बीबीसी
१४ चैत्र २०७४