हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

प्रधानमन्त्रीको ‘ब्रिफिङ’ मा प्रचण्ड सहित माओवादीका मन्त्री किन गएनन् ?

काठमाडौं, चैत १३ – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुखहरुलाई गरेको ‘ब्रिफिङ’मा माओवादीका मन्त्रीहरु अनुपस्थित भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा एमालेबाट मन्त्री बनेका रक्षामन्त्री इश्वर पोखरेल, अर्थमन्त्री डाक्टर.युवराज खतिवडा र परराष्ट्रमन्त्री इश्वर पोखरेल सहभागी हुनुहुन्थ्यो । त्यस्तै एमालेका वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल पनि ‘ब्रिफिङ’मा सहभागी हुनुहुन्थ्याे । तर सत्ता साझेदार पार्टी माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने अनुपस्थित हुनुहुन्थ्याे ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५०–५० प्रतिशत हैसियत नभएसम्म पार्टी एकता नहुने घोषणा गरेको भोलिपल्ट माओवादीका मन्त्रीहरु अनुपस्थित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

एमाले र माओवादीबीच प्रधानमन्त्री ओलीको भारत भ्रमण अगावै चैत २३ गते भित्र पार्टी एकता गर्नेबारे गृहकार्य सुरु भएको थियो । तर समान हैसियत नभएसम्म पार्टी एकता हुन नसक्ने प्रचण्डको पछिल्लो अभिव्यक्तिले एकता प्रक्रियाले मूर्त रुप पाउनेमा आशंका उब्जिएको छ ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले पार्टी एकतामा कुनै समस्या नरहेको जिकिर गर्नुभयो । कूटनीतिक नियोगका प्रमुखहरुलाई प्रधानमन्त्रीले ब्रिफिङ गरेको कार्यक्रममा माओवादीका मन्त्रीहरु नगएको स्वीकार गर्दे उहाँले भन्नुभयो,‘सायद बोलाइएन होला, त्यही भएर नगएको हो कि ?’

माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले पनि मंगलबार बुटवलमा भएको एक कार्यक्रममा समान र सम्मानजनक हैसियत नभएसम्म एमालेसँग पार्टी एकता नहुने बताउनुभएको छ । एमाले र माओवादीबीच पार्टी एकता हुने लगभग निश्चित जस्तै भएको अवस्थामा नेताहरुको पछिल्लो अभिव्यक्तिले पार्टी एकीकरण हुनेमा आशंका उत्पन्न भएको छ ।  माओवादी मन्त्रीहरुको अनुपस्थितिबारे  एमालेले भने केही प्रतिक्रिया जनाएको छैन ।
युरोपेली युनियन (ईयू)ले नेपालको सामानुपातिक निर्वाचन प्रणालीतर्फ खस आर्य समुदायलाई आरक्षण दिन नहुने भन्दै प्रतिवेदन सार्वजनिक गरेको केही दिनपछि प्रधानमन्त्री ओलीले राजदुतलाई ब्रिफिङ गर्नु भएको हो । ईयूको प्रतिवेदनप्रति आपत्ति जनाउँदै सरकारले प्रतिवेदन सच्याउन ईयूलाई भनेको थियो । तर ईयूले भने प्रतिवेदन सच्याउन अस्वीकार गरेको छ ।

ब्रिफिङमा प्रधानमन्त्री ओलीले सार्वभौमसत्ताको रक्षा, लोकतन्त्रप्रति प्रतिवद्ध, सामाजिक न्याय र समानता, स्थिरता र विकास, सुशासन र जनताको आकांक्षा सम्बोधन सरकारको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ । उहाँले नेपाल कुनै पनि बाहृय देशको उपनिवेश नरहेको भन्दै वर्तमान सरकार राष्ट्रिय हितको संरक्षण गर्न प्रतिबद्ध रहेकाले यसमा कुनै सम्झौता नहुने बताउनुभएको छ |
उज्ज्यालो अनलाइन बाट

१३   चैत्र २०७४






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution