जागिर लगाइदिन्छु भन्दै ठमेलमा देह व्यापारमा लगाउनेलाई प्रहरीले पक्राउ

काठमाडौं, काठमाडौंको ठमेल आसपास केशर महल र संचय कोष क्षेत्रलाई बेस बनाइ महिलाहरुलाई देह व्यापारमा लगाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
महिलाहरुलाई जागिर लगाइदिन्छु भन्दै प्रलोभनमा पारी जबरजस्ती यौन धन्दामा लागाउने ५० वर्षीय भक्तबहादुर बुर्जामगरलाई प्रहरीले पक्राउ गरेको हो । महोत्तरीको खैरमारा स्थायी घर भएका भक्तबहादुर काठमाडौंको चावहिलमा बस्दै आएका थिए ।
बुर्जामगरले महिलाहरुलाई ललाइ फकाइ राजधानीका विभिन्न होटेलहरुमा आफैंले पुर्याउने गर्दथे । विशेष गरी होटेलमा बसेका विदेशी पर्यटकलाई लक्षित गरी उनले महिलाहरुलाई होटेलमा पुर्याउने गरेको प्रहरीको दावी छ ।
पर्यटकका लागि महिला खोजिदिएवापत उनले कमिशन लिने गरेका थिए ।
प्रहरीले उनीविरुद्ध मानव बेचविखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट १५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ | लोकान्तर बाट
१३ चैत २०७४