काठमाडौं मै ‘कोठी’ सन्चालन ! प्रहरीले छापा मार्यो

काठमाडौं– कलंकीमा एक घरमा प्रहरीले छापा हानी चार जनालाई पक्राउ गरेको छ। कोठी चलाएको आरोपमा कलंकी ढुंगेअड्डास्थित एक घरमा छापा हानी भिमराज मिश्रसहित चार जनालाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी प्रभाग बलम्बुले छापा हानी उनीहरुलाई पक्राउ गरेको हो।
भिमराज मिश्र र उषा मल्लले दुई युवतीलाई डेरामा राखेर बेश्यावृत्तिमा लगाउने गरेका हुन्।
पक्राउ परेका उपर महानगरीय प्रहरी वृत्त थानकोटले कारबाही अघि बढाएको इन्सपेक्टर शर्मिला गुरुङले बताइन्। नेपाल लाइभ |