गणेश लामा तामाङ अझै १० दिन प्रहरी हिरासतमा रहने
याम्बु – नेपाली काङ्रेसका नेता गणेश लामालाई थप १० दिन प्रहरी हिरासतमा राख्न म्याद थप भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले लामालाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले हातहतियार तथा खरखजाना अभियोगमा उनीमाथि अनुसन्धान गरिरहेको छ ।
लामा काठमाडौँको गौशालास्थित एक होटलबाट चैत ३ गते हतियारसहित पक्राउ परेका थिए । लामाले भने आफूले हतियार नबोकेको बयान दिँदै आएका छन् ।