हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

महिनावारी भएकी महिलाको प्याडबाट बन्छ काठमाडौंमा रक्सी !

काठमाडौं – के तपाईं राजधानी काठमाडौंका होटेलमा बसेर रक्सी पिउनुहुन्छ ? या सगुनको रुपमा घरेलु रक्सीको प्रयोग गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने सचेत हुनुहोस् । किनकी तपाईंले पिउने र सगुन ठान्ने रक्सी महिलाले महिनावारी हुँदा प्रयोग गरेको प्याडबाट बनेको हुनसक्छ ।


काठमाडौंका विभिन्न ठाउँमा उत्पादन हुने घरेलु रक्सी महिलालले महिनावारी हुँदा प्रयोग गरेको प्याडबाट उत्पादन हुने गरेको रहस्य पत्ता लागेको छ । महानगरीय प्रहरी प्रभाव गोंगबु (नयाँ बसपार्क)ले विगत २ महिनादेखि थालेको घरेलु मदिरा नियन्त्रण अभियानका क्रममा महिनावारी भएकी महिलाले प्रयोग गरेको प्याडबाट रक्सी उत्पादन हुने गरेको तथ्य पत्ता लागेको हो ।

यति मात्रै हैन, रक्सी उत्पादन गर्न फाटेको जुत्ता, चप्पल, पुरानो मोजाको समेत प्रयोग हुने गरेको महानगरीय प्रहरी प्रभाव गोंगबुका प्रमुख प्रहरी निरीक्षक प्रताप पौडेल बताउँछन् ।

‘मदिरा बनाउने ठाउँमा ठूलो मात्रामा महिलाले महिनावारी हुँदा प्रयोग गरेको प्याड, छालाको पुरानो जुत्ता, तुनासहितको पुरानो चप्पल र पुरानो मोजा भेट्टियो,’ प्रहरी निरीक्षक पौडलले भने, ‘बढी नशा लाग्ने रक्सी उत्पादन गर्न महिलाले प्रयोग गर्ने प्याडको प्रयोग गरिएको देखिन्छ ।’

ब्राण्डेड बोत्तलमा घरेलु रक्सी

काठमाडौंमा घरेलु मदिरा बिक्री गर्ने ‘व्यवसायी’ले ब्राण्डेड रक्सीका बोत्तलको समेत प्रयोग गर्ने गरेको पाइएको छ । विभिन्न हानिकारक पदार्थहरु मिसाएर बनाइएको रक्सी विभिन्न ब्राण्डका रक्सीका बोत्तलमा भरेर बिक्री गर्ने गरेको भेटिएको हो ।


‘काठमाडौंका केही मझौलाखाले होटेल र खाजा पसलमा ग्राहकलाई ब्राण्डेड रक्सी भनेर विभिन्न हानिकारक पदार्थबाट बनेका घरेलु रक्सी बिक्री गर्ने गरेको भेटिएको छ,’ गोंगबु प्रहरी प्रमुख पौडेल भन्छन्, ‘पहिला ग्राहकलाई सिल प्याक गरिएको ब्राण्डेड रक्सी दिइन्छ, नशा चढ्दै गएपछि त्यस्तै बोत्तलमा प्याक गरिएको घरेलु रक्सी दिने गरिएको छ ।’

प्याडबाट बनेको रक्सी अन्यभन्दा कडा !

गोंगबुको नयाँ बसपार्कबाट सुकेधारा जाने रोड छेउमा एक बेनामे खाजा पसल छ । दिउँसो आलु–चना, चिया बिक्री हुने उक्त पसलमा साँझको ५ बजेपछि रक्सीको कारोबार शुरु हुन्छ ।

पसलकी सञ्चालिका विष्णुमाया गुरुङ आफूले पनि सेनेटरी प्याडबाट बनेको रक्सी बिक्री गरेको स्वीकार्छिन् । तर आफूले रक्सी बनाउने काम भने नगरेको उनको दाबी छ ।  ‘ग्राहकले कडा खालको रक्सी माग्नुहुन्छ । त्यस्तो रक्सी प्याड, मोजा र छालाको जुत्ताबाट बनाइन्छ,’ विष्णुमायाले निर्धक्क सुनाइन्, ‘रक्सी बनाउनेहरु छुट्टै हुनुहुन्छ । उहाँहरुले बोतलमा हालेर बिक्री गर्नुहुन्छ । हामीले १ (२५० मिलिलिटर)को बोत्तलको १५ देखि २० रुपैयाँ तिर्छौं । ग्राहकलाई दिँदा ४० रुपैयाँ प्रतिबोत्तलसम्म लिइन्छ ।’

महानगरीय प्रहरी प्रभाव गोंगबुका अनुसार बसपार्क छेउमा मात्रै यस्तो रक्सी बिक्री गर्ने पसलको संख्या १०० को हाराहारीमा छ । यस्तै उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका धेरैजसो ठाउँमा घरेलु रक्सीको उत्पादन र बिक्री हुन्छ ।

प्याडको प्रयोग किन ?

चिकित्सकहरुका अनुसार महिनावारी भएका बेला महिलाको गुप्ताङ्गबाट बग्ने रगतमा त्यस्तो कुनै पनि पदार्थ (तत्व) हुँदैन, जसले नशा लाग्ने काम गरोस् । तर प्याड बनाउँदा प्रयोग हुने रसायन र महिनावारी हुँदा महिलाको गुप्ताङ्गबाट बग्ने रगतबीचको रसायनिक प्रतिक्रिया पछि बन्ने पदार्थले नशाको काम गर्न सक्ने चिचित्सकहरुको भनाइ छ । यद्यपि त्यसबारे कुनै वैज्ञानिक खोज भने भइसकेको छैन ।

स्त्री रोग विशेषज्ञ डा. ज्योति अग्रवाल महिनावारी हुँदा महिलाको गुप्ताङ्गबाट बग्ने रगत शरीरको अन्य भागबाट बग्ने रगतजस्तै सामान्य भएको बताउँछिन् । तर महिनावारी हुँदाको रगतमा पाठेघरको भित्री छालाका टुक्रा, योनीमा भएको सेतो पदार्थ र हर्मोनहरु पनि रगतसँगै बाहिर आउने उनको भनाइ छ । ‘महिनावारी हुँदा महिलाको गुप्ताङ्गबाट रगतमा त्यस्तो कुनै पदार्थ (तत्व) हुँदैन, जसले मानिसलाई लठ्ठ बनाउने तथा नशा लाग्ने काम गरोस्,’ डा. अग्रवालले भनिन् ।

अर्का स्त्री रोग विशेष डा. बालकृष्ण साह भने महिनावारी भएको प्याड प्रयोग गर्दा रक्सी बढी नशालू (कडा) बन्छ भन्नु, मानसिक भ्रम मात्रै भएको बताउँछन् । ‘कुनै पुरुषलाई महिलाको एडिक्सन हुन सक्छ । त्यस्तो व्यक्तिले महिलाले प्रयोग गर्ने प्याड मात्र हैन, कपडा, मोजाबाट पनि नशा लिन सक्छ,’ डा. साह भन्छन्, ‘त्यो एक प्रकारको मनोरोग हो ।’

महिनावारी हुँदा महिलाले प्रयोग गर्ने प्याडमा पनि विभिन्न रसायनिक पदार्थ हुने हुँदा यसबाट बनेको रक्सी सेवन गर्नु स्वास्थ्यका लागि निकै हानिकारक हुने साहको भनाइ छ ।

प्याड, छाला, पुरानो जुत्ता र चप्पल तथा प्लास्टिकबाट बनाइएको रक्सीले दिमाग, कलेजो र पेटमा गम्भीर असर पुर्याउने चिकित्सकहरुको भनाइ छ । यस्तो रक्सीमा कार्बन मनोअक्साइडको मात्रा बढी हुने भएकाले मानिसमा दिमागी क्यान्सर, फोक्सो, कलेजो तथा पेटको क्यान्सर र मुटु सम्बन्धी रोग लाग्ने धेरै सम्भावना हुन्छ ।

लोकान्तरबाट

चैत १२, २०७४ मा प्रकाशित






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution