उपसभामुखद्वारा एमाले पार्टी सदस्यताबाट राजीनामा

काठमाडौँ : उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा (एमाले) पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिएकी छन्
उपसभामुख तुम्बाहाङ्फेले सोमबार संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी स्थापित संसदीय परम्परा बमोजिम पार्टी सदस्यबाट राजीनामा दिएको बताइन्।
तुम्बाहाङ्फे यही चैत २ गते एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी हुन्।
१२ चैत्र २०७४