इजरायलमा नेपाल आइडल बिजेता सहितको कार्यक्रम १३ अप्रिलमा नहुने,अर्को हप्तामा हुने

तेलअविव| गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको मुख्य आयोजना एवंम् इजरायलमा रहेका सामाजिक ,धार्मिक , राजनीतिक र मिडियाकर्मीहरुले सयुक्त रुपमा सहभागी भई मनाउन लागेको नेपाली नयाँ बर्ष सांगीतिक साझ २०७५ कार्यक्रम आउँदो १३ अप्रिलमा आयोजना गर्ने भनिएकोमा उक्त दिन नहुने भएको छ |
१३ अप्रिलमा स्थगित भएको कार्यक्रम अर्को हप्ता २० अप्रिलमा हुने एनआरएन इजरायलका अध्यक्ष छिरीङ शेर्पाले जानकारी दिनु भएको छ |
नेपाल आइडलका कलाकारहरु ३ अप्रिल देखि १७ अप्रिल सम्म युरोप हुने सांगीतिक कार्यक्रममा सहभागी हुने र त्यस बिचमा युरोपबाट समय मिलाएर १३ अप्रिलमा इजरायलमा हुने कार्यक्रममा सहभागी भएर फेरी युरोप फर्किने कार्यतालिका यस अघि मिलाएकोमा कलाकारहरु इजरायल प्रवेश गर्दा भिषा वान इन्ट्री (Visa one Entry) को मात्रा लागेको हुँदा पुनःयुरोप जान नमिल्ने भएकोले एपी वान व्यवस्थापकले इजरायलमा १३ अप्रिलमा हुने कार्यक्रमलाई कलाकारहरुको समय तालिका मिलाउन समस्या भएकोले स्थगित भएको जानकारी एनआरएनए इजरायलका महासचिव तेन्जिन शेर्पाले जानकारी दिनु भएको छ |
त्यसैगरी एनआरएनए आईसीसी सदस्य (इजरायल) दिपक वलीले नेपाली नया बर्षको अवसरमा युरोपको विभिन्न मुलुकमा एनआरएनएले नेपाल आइडल बिजेताहरुको सांगीतिक कार्यक्रम तय भईसकेकोले समन्वय गर्नु परेको जानकारी दिनु भएको छ |
इजरायलमा आयोजन हुने कार्यक्रमका लागि नेपाल आइडलका मुख्य तीन कलाकार नेपाल आइडल बिजेता बुद्ध लामा, दोश्रो निशान भट्टराई र तेश्रो प्रताप दासका साथमा कार्यक्रम संचालक सुशील नेपाल इजरायल आउने भएको छ | साथै स्थानिय नेपाली कलाकार हरुको जोड्दार प्रस्तुति रहने छ |