हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

सप्तकोशीमा नेपाली ‘पानी जहाज’ जेट बोट चल्दै,९ घण्टा यात्रा अब साढे ४ घण्टाम सरर

इटहरीबाट भोजपुर सदरमुकाम पुग्न ९ घण्टा लाग्दै आएकोमा अब साढे ४ घण्टामै पुग्न सकिने भएको छ |


सडकमार्गबाट इटहरीहुँदै भोजपुर सदरमुकाम पुग्न ९ घण्टा लाग्नेगर्छ । तर, अब सप्तकोशीमा व्यवसायिक रुपमा जेट बोट सञ्चालन हुने भएपछि साढे ४ घण्टामै भोजपुर सदरमुकाम पुग्न सकिने भएको हो ।

बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रा.लि.ले सुनसरीको बराहक्षेत्र-१ मा रहेको चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म जेट बोट सञ्चालनमा ल्याउन लागेको हो ।
इटहरीबाट ४५ मिनेटमा पुगिने चतराबाट १५ किलोमिटर हाराहारीको सिम्ले पुग्न १५ मिनेट लाग्छ भने सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र १ घण्टामा पुगिन्छ । सडक यात्रा गर्दा भने घोडेटारबाट साढे दुई घण्टामा पुगिन्छ ।

भोजपुर मात्रै हैन धनकुटाको सिम्ले क्षेत्रका स्थानीयहरू पनि अब २ घण्टामै धरान तथा साढे दुई घण्टामा इटहरी आउन सक्ने भएका छन् ।
सिम्लेबाट धनकुटा सदरमुकाम हुँदै भेडेटार हुँदै आउँदा ७ घण्टा लाग्नेमा अब जेट बोटबाट चतरा आएर सिधै दुई घण्टामा यात्रा हुने देखिएको छ ।

सप्तकोशी नदिहुँदै जल यातायात गर्न बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रा.लिले नयाँ वर्ष २०७५ बाट व्यावसायिक रूपमा ३० सिटे जेट बोट सञ्चालनमा ल्याउने भएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक विमलमान श्रेष्ठका अनुसार यो परियोजना पर्यटन र पारवाहन दुवै कोणमा सञ्चालन गरिएको हो ।
तीन करोड प्रारम्भिक लगानीको यो पर्यटकीय परियोजनाले सप्तकोशी किनारमा रिसोर्ट सञ्चालन गर्न, तमोर तथा सुनकोशीमा र्‍याˆटिङ गर्न थप २ करोड लगानी थप्ने कार्ययोजनामा रहेको छ ।
अाइतबार बराहक्षेत्रका मेयर निलम बस्नेत र  उदयपुरको बेलका नगरपालिकाका मेयर दुर्गा थापाले आइतबार जेट बोट चढेर यसको परीक्षण सञ्चालन गरेका हुन ।

बराहक्षेत्र जल यातायात तथा पर्यटन प्राली अगाडि सुम्निमा जल यातायात प्रालीले पनि सप्तकोशीमा जेट बोट चलाएको थियो । तर, एक दुर्घटनामा एक जना बेपत्ता भएपछि भने त्यो सेवा बन्द भयो ।
यता, बराहक्षेत्र जल यातायातले भने आफूहरूले यात्रुलाई लाइफ ज्याकेट र अनिवार्य बीमा गरेको र बोटको पनि बीमा गरेकाले दुर्घटनाको सङ्कट नभएको बताएको छ ।

सडकमार्गमा जस्तै जलमार्गमा पनि छिटपुट केही दुर्घटना हुनु सामान्य भए पनि सेवा नै बन्द हुने अवस्था भने आˆनो कम्पनीले नल्याउने अध्यक्ष सन्तोष भण्डारीले बताए ।

ताप्लेजुङ र तुम्लिङटारसम्म जलयात्राको योजना
अनौपचारिक रूपमा परीक्षण यात्रा गराएको बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रा.लिले सरकारले अरुण तथा तमोर नदीको पानीको क्षेत्र समथल बनाउन सहयोज गरे अन्य क्षेत्रमा पनि जल यातायात लान सक्ने बताएको छ ।

‘१० सिटे जेट बोट राम्रोसँग चल्न कम्तीमा तीन फिट गहिरो पानी र पन्” फिट फराकिलो क्षेत्र हुनुपर्छ’, बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालीका प्रबन्ध निर्देशक विमलमान श्रेष्ठ भन्छन, ‘तमोर र अरुणमा केही स्थानमा ढुङ्गा तथा ढिक्कोको कारणले सहजै जेट बोट कुद्न असहज छ ।’

सरकारले तमोर र अरुणमा रहेका ढुङ्गा तथा ढिक्कोहरु सम्याएमा ताप्लेजुङको दोभार र संखुवासभाको तुम्लिङटार क्षेत्रमा सहजै जलयात्रा हुनसक्ने श्रेष्ठ बताँउछन । उनी भन्छन, ‘अहिले तमोर र अरुणमा पानीको गतिमा मनोरन्जनात्मक र्‍याˆटिङ मात्रै हुन्छ तर अब तमोर र अरुणका बाटोमा रहेका ढुङ्गा तथा ढिस्काहरु हटाएर समथर पानी बगाएमा जेट बोट पनि चल्छ ।’

केही केही स्थानहरूमा मात्रै ढुङ्गा तथा ढिस्काहरु भएकाले सरकारले चाहेमा क्लियर गर्न सक्ने श्रेष्ठको तर्क छ ।

सडक विभाग जस्तै जलयातायात चलाउने कुनै सरकारी विभाग बनाएर भएपनि यस्ता ढिस्काहरु सम्याएमा धेरै नेपालीहरूले नेपालमै पानी जहाजमा जलयात्रा गर्ने अवसर पाउने श्रेष्ठको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जल यातायातको पक्षमा लामो समयदेखि कुरा गरेकाले आफूहरू आशावादी भएको श्रेष्ठले बताए । ‘अस्ति चुनावी भाषणमा मात्रै केपी ओलीले सप्तकोशीमा पानी जहाज चलाउने भन्नु भएको थियो’, श्रेष्ठले भने, ‘अब हामीले सुरु गरेका छौँ खोलामा सडक विभाग जस्तै जल विभाग बनाएर सहज जलमार्ग भएमा निजी क्षेत्रले जलयाता आजभोलि नै नेपालका धेरै नदीमा चलाउँछ ।’ अनलाइनखबर बाट

२०७४ चैत ११ गते प्रकाशित






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution