हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

बोल्दै नबोलेको कुरा मिडियामा कसरि आयो र विवाद भयो ? अचम्ममा परेँ : उप-सभामुख राधिका तामाङ

याम्बु – प्रदेश ३ का उप-सभामुख एवं नुवाकोटकी प्रदेश सांसद राधिका तामाङ यतिबेला ‘गाई काण्ड’ले चर्चामा छिन्। सामाजिक सञ्जालमा उनका समर्थक र विरोधी चर्को आलोचना र समर्थनमा उत्रिएका छन्। ‘गाईको मासु खान पाउने अधिकार ल्याउँछु’ भन्ने समाचार आएपछि उनीमाथि खनिने क्रम सुरु भएको हो। यसैको विरोधमा शनिबार नुवाकोटमा कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले राँके जुलुससमेत निकाल्यो।

आरोप खेपिरहेकी उपसभामुख तामाङले आफूले बोल्दै नबोलेको कुरा सामाजिक सञ्जालमा फैलेको दाबी गरिन्।

बोल्दै नबोलेको कुरा कसरी फैलियो त?

बिहीवार नेपाल तामाङ घेदुङको टोलीले मकवानपुर हेटौडा पदमपोखरीका ३ जनालाई प्रहरीले पक्राउ गरेको विरोधमा गृहमन्त्री रामबहादुर थापालाई भेटेको थियो। गाईको मासु खाएको आरोपमा प्रहरीले मकवानपुर पदमपोखरीका कान्छीमाया ब्लोन, मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई पक्राउ गरेको थियो। तीनै जनालाई व्याक्तिगत रिसइबीका कारण थुनेको भन्दै उनीहरुलाई छाड्दिन ज्ञापनपत्र बुझाएको थियो घेदुङले।

‘उनीहरु निर्दोष रहेको भन्दै घेदुङ टोली गृहमन्त्री थापालाई भेट्न पुल्चोकस्थित मन्त्री क्वाटर पुगेका रहेछन्। सोही समयमा नुवाकोटको डेलिगेसन टोलीसँगै म पनि पुल्चोक पुगेकी थिएँ,’ उप-सभामुख तामाङले भनिन्।

त्यसको भोलिपल्ट अनलाइन र फेसबुकमा समाचार देखेर आफै छक्क परेको उप-सभामुख तामाङले बताइन्। ‘त्यो दिन गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदा घेदुङबाट महा-सचिवज्युले मात्र बोल्नुभएको हो। अरु कसैले बोलेकै छैन। बोल्दै नबोलेको कुरा आउँदा म त अचम्ममा परेँ,’ उनले भनिन्।

बोल्दै नबोली कसरी यो समाचार भाइरल बन्यो त? जवाफमा तामाङले भनिन्, ‘म प्रदेश ३ का उप-सभामुख हुँ। कता के बोल्नुपर्छ। पदीय मर्यादा के हो? यसबारे मलाई पनि थाहा छ। म बोल्नै परे पत्रकार सम्मेलन गरी बोल्थेँ। सबैमा आउथ्यो नि त्यो कुरा। यो खबर त नामै नसुनेको अनलाइनबाट भाइरल बनाइयो। विरोधीका लागि के निहुँ पाउँ जस्तो भइरहेको बेला भाइरल बन्न के ठूलो कुरा भयो र?’

मकवानपुरको घटना जोडेर नुवाकोटमा कांग्रेस कार्यकर्ता विरोधमा उत्रेकाले उनीविरुद्ध राजनीतिक प्रहार गरेको दावी गरिन्। ‘सुरुमा त समाचार कसले लेख्यो भन्ने नै थाहा थिएन। अहिले नुवाकोटका कांग्रेसी आन्दोलनमा उत्रेको देख्दा राजनीतिक प्रतिशोध गरेजस्तो लागेको छ। मकवानपुरकालाई न्याय दिन डेलिगेसन गएको घटना जोडेर नुवाकोटमा किन विरोध भयो?,’ उपसभामुख तामाङले प्रश्न गर्दै भनिन्, ‘चेली बेच्ने कांग्रेसी सुनबहादुर तामाङ पक्राउ गर्न म सक्रियरुपले लागेकी थिएँ। उनी कांग्रेसबाट वडाध्यक्षमा जितेका। पक्राउ नपर्दासम्म कांग्रेसका नेताहरुले सुनबहादुर निर्दोष भनेका थिए। अहिले जेल परे। यसैले मविरुद्ध प्रहार भयो।’

बोल्दै नबोलेको कुरा बाहिर आएकाले कानुनी प्रकियामा जाने तामाङले बताइन्। ‘मेरो मुखबाट नबोलेको कुरा आएकाले म दु:खी छु। अतिवादीहरु मेरा विरुद्ध लागेर सामाजिक सञ्जालमा मेरो फोटो जथाभावी सेयर गरिरहेका छन्। म अब कानुनी उपचार खोज्छु,’ उनले भनिन्।

तर, तामाङहरुले त यो विषयमा समर्थन गरिरहेका छन् नि? जवाफमा उनले भनिन्, ‘समर्थन गर्ने बाहुन पनि देखेँ। विरोध गर्ने तामाङ पनि देखेँ। तर, पनि म आफूले बोल्दै नबोलेको कुरा आएकोले दु:खी छु। कानुनी उपचारको लागि परामर्श थालिसकेकी छु।’ पहिलो पोस्ट बाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution